मोडल पार्वती राईको पौष बहिना मा नै लाल खपांगी मगर संग लगन गाँठो (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १३ गते ११:५७ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । आफुले माया गरेको मान्छे आफ्नै लागि मात्र समर्पित होस् भन्ने चाहना कसलाई पो हुँदैन र ! हो यस्तै चाहनालाई उजागर गरिएको एक गीत बजारमा आएको छ । खालि भए तिम्रो दिलको दरबन्दी बिज्ञापन नगर जुनिभर नियुक्क्ति देउ भन्दै बजारमा पठाईएको प्रस्तुत गीत बि.एस को प्रस्तुतिमा सार्बजनिक भएको हो । “कमल फुल” नाममा बजारमा आएको यस गीतमा बिमला मगर र भरत भट्ट को सुमधुर स्वर सुन्न सकिन्छ ।

गायिका विमलाले यस अगी पनि थुप्रै गीतहरु आफ्नो स्वर भरेर बजार पठाई सकेकी छिन् । उनको दुई दिनको जिन्दगि, सालैजो तम्घासै माथि, कौरा उडाई लान्छ मिनी बसैले, आउ है माया दांग घोराही भेट्नलाई, फुलबारी घुम्नलाई बोलको लगाएत दुई दर्जन बढी गीत सफल गीत हुन् ।

राजकुमार बगरको लय र बिध्या थामीको शब्द बाट तयार भएको “कमल फुल” बोलको गीतको म्युजिक भिडियोमा लाल खपांगी मगर र पार्वती राईको रोमान्चक अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन बुद्ध लामाले गरेका हुन् भने छायांकन रामेश्वर जिरेल र सम्पादन दिपेन्द्र भट्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया