रौतहटमा मंगलवार साँझ एकजना महिलाको लास भेटिएको छ । रौतहटको बौद्धिमाई नगरपालिका ३ करुनिया र इनर्वा टोलको बीचमा रहेको बकैया खोलाको किनारमा एक महिलाको लास भेटिएको छ । खोलाको किनारमा उखुबारीमा सँडेगलेको अवस्थामा नाम, थर, वतन नखुलेको एकजना अपरिचित महिलाको लास भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महिलाको लास सँडेगलेको अवस्थामा बिलकुलै नचिनिने रहेको र शव परीक्षण गर्नै नसकिने रहेकोले मुचुल्का उठाई गाडिएको प्रहरीले जनाएको छ । मृतक महिलाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सोमवार पनि वृन्दावन नपा ८ आँकडपाथरस्थित एक उखुबारीमा एकजना अपरिचित पुरुषको लास सँडेगलेको अवस्थामा भेटिएको थियो ।
पत्रकार/लेखक
प्रतिक्रिया