मेरो देश

इनेप्लिज २०७२ वैशाख २६ गते २३:१५ मा प्रकाशित

pic_prakash_nepal

 

 

 

 

 

कुनै दिन
सगरमाथाको शिर भनु या
गौरवले फुलेको छाती भनु
एउटा उज्यालो घाम देख्थे
आजकल
लाग्छ
हरेक दिन
हरेक पल
धुरी धुरीमा
निस्वास -तुर्लुङ्ग झुन्डिएको देश देखेको छु
हरेक दिन
हरेक पल
खोइ कसरि बखान गरु म
देश मरेको देखेको छु
राती फुल्ने फूलहरु कविता संग्रह बाट लिइएको हो l

प्रतिक्रिया