राजेश पायल राईको स्वरमा सजिएको नयाँ गीत ‘मेरो मुटुको ढुकढुकी’ बोलको गीत सार्वजनिक
इनेप्लिज
२०७५ मंसिर ८ गते २१:३५ मा प्रकाशित
चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको नयाँ गीत ‘मेरो मुटुको ढुकढुकी’ बोलको गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा मन्जुल मितेरीको शब्द र संगीत रहेको छ ।
सार्वजनिक गीतमा बाल गायक अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपाने र नायिका शिल्पा पोख्रेलको अभिनय रहेको छ ।मन्जुल मितेरीको शब्द र संगीत रहेको छ ।
उर्लाबारी स्थित बेथेल एजुकेसनका संस्थापक प्रिन्सिपल दीपक न्यौपाने अशोक दर्जी भाइरल नहुदा नै आफ्नो स्कुलमा अशोक र उनको बहिनिलाई फ्रीमा पढ्ने व्यवस्था मिलाएका थिए ।पछि टंक बुढाथोकी र दिपक न्यौपाने सर सग आपसी मनमुटाब भए पछि अशोक दर्जीलाई दीपक न्यौपानेलाई उनको आमा बुबालाई जिम्मा लगाएका हुन्।
गोदावरीको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोलाई बिज्ञान राईले निर्देशन गरेका हुन् ।गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् ।
प्रतिक्रिया