नुहाएर सुरु गरे व्रतालुहरुले छठ

इनेप्लिज २०७५ कार्तिक २५ गते ६:०४ मा प्रकाशित


छठ पर्वको औपचारिक सुरुआत भएको छ । कात्तिक शुक्ल चतुर्थीका दिन नुहाएर व्रतालुहरुले खाना खान्छन्, जसलाई नहाखाएके भनिन्छ । पहिले नदी वा पोखरीमा नुहाएर खाना खाने चलन थियो तर नदी तथा पोखरीहरु फोहोर हुन थालेपछि विस्तारै यो चलन कम हुँदै गएको छ । घरमै कलधारा वा धाराको पानीमा नुहाएर धेरैले व्रतको सुरुआत गरेका छन् । सफा पानी भएको नदी तथा पोखरीमा पनि व्रतालुहरुले नुहाएर व्रतको सुरुआत गरेका छन् ।

नुहाएर खाने खाना बिलकुलै सादा हुनुपर्ने मान्यता छ । कुनै पनि घरमा आजदेखि उसिना चामल पाक्दैन । हरेक घरमा भदैया चामलको धान पनि निषेधित मानिन्छ, मंसिरे धानको चामलको उपयोग आजदेखि सुरु हुन्छ । कतिपय परिवारमा गोबद्र्धन पूजाकै दिनदेखि अरबाअरबाइन सुरु हुन्छ ।

अरबाअरबाइन भनेको उसिना चामल नखाने र सम्पूर्णतः चोखोनीति गर्ने हो ।

प्रतिक्रिया