भूकम्प पीडितलाई राहत वितरण सुरु

इनेप्लिज २०७२ वैशाख २४ गते ५:३९ मा प्रकाशित

rahatमुस्ताङ, २४ वैशाख । जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो क्षेत्रका भूकम्प पीडितलाई राहत वितरण सुरु गरेको छ ।

छुसाङ गाविसबाट उपल्लो क्षेत्रमा समेत राहत वितरण गर्न लागिएको हो । छुसाङका एक पूर्ण र २९ आंशिक घरमा क्षति पुगेका परिवारलाई राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।

“पूर्ण क्षति भएका परिवारलाई रु सात हजार र आंशिक क्षति भएकालाई रु तीन हजारका दरले राहत वितरण गरेका छौँ, प्रजिअ बरालले भन्नुभयो, “अन्य गाविसमा पनि राहत वितरण टोली पुग्दैछ ।”

उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, सुर्खाङ, चरार्ङलगायतका गाविसमा भूकम्पबाट एकसयभन्दा बढी घर भत्किएका छन् ।

प्रतिक्रिया