नेब्रास्काकी २४ बर्षिया दिलाशा न्यौपाने मिस नेपाल युएसए २०१८ बनेकि छन् । उनले अन्तिम प्रतिष्पर्धामा सहभागि अन्य १६ जनालाई उछिनेर मिस नेपाल युएसए २०१८ उपाधि चुमेकी हुन् । उनले उपाधिका साथैं मिस एकाडेमिक एक्सिलेन्स अवार्ड पनि जितिन् ।प्रतियोगितमा फस्ट रनर टेक्सस लवकी २२ वर्षिया पोसा घर्ती मगर बनीन् । उनले मिस पर्सनालिटि, मिस कल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड पाइन् । यस्तैं, कोलोराडोकी २१ वर्षिया कृति ढुंगेल सेकेण्ड रनर अप भइन् ।
यस्तैं, टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दुत समेत बन्न पाउने यो अवार्ड जितेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेत अवार्ड आफ्नो पोल्टामा पारिन् ।
यसैगरी, अदिति श्रेष्ठ मिस डिसिपिलिन बन्दा मिस फोटोजेनिक निलिया गुरुङ, मिस क्याट वाक विना श्रेष्ठ, मिस ट्यालेन्ट स्वीकृती भट्टराई र मिस नेपाल टेक्ससको उपाधि वियन्का अधिकारीले हात पारिन् ।
टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले समेत सहयोगीका रुपमा रहेका थिए । प्रतियोगितामा सहभागी भएकाहरुलाई पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठवाट विभिन्न विद्यामा प्रशिक्षण दिएका थिए । प्रतियोगिहरुको मेक अपको मञ्जु दुलाल(सापकोटा)ले गरेकि थिइन् ।
अमेरिकामा रहेका नेपाली युवतीहरुमा लक्षित सौन्दर्य र बौद्धिकता मापनको प्रतिस्पर्धात्मक कार्यक्रम मिस नेपाल युएसले ‘ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल’ मूल नारा अघी सार्दै आएको छ भने अमेरिकास्थित नेपालीहरुमा सामाजिक साँस्कृतिक सचेतता र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यलाई कुनै न कुनै रुपमा आत्मसात गर्दै आएको छ । सन् २०११ देखि अमेरिकाको न्यू योर्क शहरबाट शुरु गरिएको मिस नेपाल युएस कार्यक्रमका संस्थापक, परिकल्पनाकार अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् ।
इभेन्ट प्लानेट इंकले इ प्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेण्टले गरेको थियो ।पछिल्ला पाँचौं संस्करणहरुमा पहिलोमा डिसीकी सुजिता वस्नेत, दोस्रोमा भर्जिनियाकी आस्था श्रेष्ठ, तेस्रोमा न्यूयोर्ककी वर्तिका राई, चौथोमा ओहायोकी डा. खुश्वु मिश्र र पाँचौंमा नर्थ क्यारोलिनाकी प्रियंका थपलियाले ताज जितेका थिए ।
यसैबीच, मिस नेपाल युएसका संस्थापक अध्यक्ष अमित शाहले मिस नेपाल युएस प्रतियोगितको छैठौं संस्करण सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुऱ्याउने सवैंप्रति कृतज्ञता जनाएका छन् । उनले भविष्यमा अझ कार्यक्रमलाई परिस्कृत र प्रभावकारी बनाएर लगिने जनाए ।
Congratulations to 6th Miss Nepal US (मिस नेपाल अमेरिका) National Pageant (2018) winner Dilasha Neupane, 1st Runner Up Posha Gharti Thapa ( Posha GT), 2nd Runner Up Kriti Dhungel, Miss Photogenic – Neliya Gurung, Miss Cat Walk – Bina Shrestha, Miss Talent -Swikriti Bhattrai (Swii Kriitee Bhattarai), Miss Public Choice & Miss Social Excellence – Aisha Ojha, Miss Nepal Texas – Bianca Adhikary, Miss Discipline- Aditi Shrestha, Miss Academic Excellence Dilasha Neupane, Miss Culture/Miss Personality/Miss Friendly – Posha Gharti Thapa and finalists for grand performance and accomplishment.

प्रतिक्रिया