छिमेकीले बाटो छेकेर पर्खाल लगाएपछि आफ्नै घरमा जेलको कैदी जसरी बस्नुपरेपछि पिडित परिवार मिडियामा [भिडियो]

इनेप्लिज २०७५ साउन १७ गते १०:५१ मा प्रकाशित

भक्तपुर, साउन १६: सूर्यविनायक नगरपालिकाको निर्देशन अवज्ञा गर्दै सूर्यविनायक नगरपालिका वडा नम्वर २ का हरिबहादुर रानाभाटले सार्वजनिक बाटोमा नौ फिटे पर्खाल लगाएपछि सर्वसाधारण मर्कामा परेका छन् । रफत संचार क्लव भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा पिडितहरुले आफूलाई मर्का परेको भन्दै न्यायको माग गरेका छन् ।

सूर्यविनायक नगरपालिका २ बालकोटका हरिवहादुर रानाभाटले कानुनी बलको आधार बनाई चलनचल्तीको बाटोमा नौफिटे पर्खाल लगाउँदा सर्वसाधारणलाई समस्या भएको हो । नक्सामै भएको करिब चारफिटे बाटोमा रानाभाटले पर्खाल लगाउँदा उक्त बाटो भई जाने सर्वसाधारणहरु बाटोविहीन र आफ्नै घरमा कैदी बन्नु परेको गुनासो गर्छन् ।

स्थानीयले २० वर्षदेखि भोगचलन गर्दै आएको बाटोमा स्थानीय कल्पना रानाभाट र सरस्वती खत्री परिवारले पर्खाल लगाएपछि समस्या उब्जीएको हो । छिमेकीको पिडालाई सम्बोधन नगरि कल्पना र सरस्वतीको तर्फबाट कल्पनाका पति हरिबहादुर राणाबाटले उक्त पर्खाल लगाउँदा बाटो बन्द भएको हो ।

जग्गा छिर्ने स्थानमा बाटो छैन भित्र बाटो भएपनि निकास अन्त छैन यसकारण रानाभाट परिवारले हाल चलनचल्तीमा १५ लाख आना भएपनि ६ लाख आनाका दरले अरु जग्गा भने खरिद गरि सकेका छन् । तर २०६१ सालमा नै घरै बनाएर बसेका हरुलाई भने उनको हर्कतले मर्नु न बाच्नु भएको पिडितहरु बताउँछन् ।

आफूहरुको घर जाने बाटो नै बन्द हुने गरी पर्खाल लगाउन सुरु गरेपछि भक्तपुरस्थित प्रहरी प्रशासन, सूर्यविनायक नगरपालिका हुँदै प्रधानमन्त्रीको कार्यालय पुग्दा पनि सुनुवाई नभएको पीडित लक्ष्मी दुलाल बताउँछिन् । हामी प्रधानमन्त्रीको निवास भन्दा सय मिटर पर बसेका छौं तर हामी दुई बर्ष देखि अन्यायमा पर्दा पनि यसको सुनुवाई भने नभएको उनी बताउँछिन् ।स्थानीय प्रहरी प्रशासन, नगरपालिकाले उक्त पर्खाल नबनाउन पटकपटक आदेश दिँदा रानाभाटले नटेरी पर्खाल झन् झन् अग्ल्याउँदै आएको दुलालको भनाइ छ ।

दुई वर्ष देखि बाटोमा खाल्डा खन्ने तीन फिटको पर्खाल लगाएर दुःख दिँदै आएका रानाभाटले श्रावण २ गते नौं फिटको पर्खाल लगाएपछि भने आफूहरुको घर नै जेल भएको उनी गुनासो गर्छिन् । आफुले घरको नक्सा पास गर्दा संचयकोषवाट लोन लिएर घर बनाउँदा समेत ‘नक्सामै बाटो भएकाले स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले उहाँ (हरिबहादुर रानाभाट) लाई उक्त बाटो बन्द नगर्न पटकपटक निर्देशन दिए’, ‘तर उहाँले टेर्नुभएन उल्टै बाटो नजकिएको पुरानो नक्सा देखाएर उच्च अदालत पाटनबाट बाटो दिन नपर्ने फैसला गराएर ल्याउनुभयो।’ आँसु खसाल्दै उनले भनिन हामी त आफ्नै घरको जेल भित्र परेका छौं ।

सूर्यविनायक नपा २ का वडा अध्यक्ष कमलनाथ आचार्यले २०६१ सालमै चारफिटे बाटो कायम भएको जानकारी दिए । सोहीअनुसार हरिबहादुर रानाभाटलाई बाटो अवरुद्ध नगर्न पटकपटक निर्देशन दिँदा पनि सुनुवाइ नभएको उनी बताउँछन् ।

‘२०६१ सालमै बाटो जनिएर आएकाले बाटो अवरुद्ध नगर्न हामीले पटकपटक ध्यानाकर्षण गरयौं’, वडा अध्यक्ष आचार्यले भने, ‘उल्टै हामीविरुद्ध उच्च अदालत पाटनमा रानाभाटले मुद्दा हाले ।’

स्थानीय तह एवं जनप्रतिनिधिहरुसँग फिल्डमा के कस्तो अवस्था छ भन्ने बुझ्नेसम्म प्रयास नगरी फैसला गर्नुले अदालतका न्यायाधीशहरुको नियतमा प्रश्न चिन्ह उठ्ने उनी बताउँछन् । ‘हाल साविकको नक्सा नझिकाई र स्थानीय तहको राय आदि नबुझी उच्च अदालतले गरेको फैसला गलत छ’, वडा अध्यक्ष आचार्यले थपे, ‘सामाजिक न्यायको हिसाबले पनि बीसौं वर्षदेखि भोगचलन गर्दै आएको बाटो बन्द गर्नु अनुचित हो ।’ सर्वजनिक बाटो कुवा खोला नाला पोखरी आदि कसैको हुँदैन भनेर मनु स्मृतिले समेत भन्छ हाल आएर नयाँ नेपालको कानुन एवं न्याय शिद्दान्त बनेको छ खै त पीडितलाई न्याय भएको उल्टै अदालतले यस्तो फैसला गर्नु लाजमर्दो भएको उनी बताउँछन् ।

बाटोमा पर्खाल बनाउने रानाभाटले भने आफूले खरिद गरेको जग्गामा बाटो नभएकाले जग्गा सुरक्षा गर्न पर्खाल बनाएको स्पष्टीकरण दिएका छन् ।

प्रतिक्रिया