पिएनपिखबर, भक्तपुर। प्रमोद अग्रहरी नवलपरासीको परासी बजारका बासिन्दा हुन्। उनको बाल्यकाल परासी बाजरमा नै बितेको हो। उनी बयश्क उमेर भएपछि पढ्नका लागि देल्ही गए। त्यहाँ उनले अभिनय पढे सिके। आफ्न रुचिको विषय भएकाले उनी अभिनय यात्रामा नै संघर्षरत रहे।
सानोतिनो ड्रामा गर्दै देल्हीमा नै अभिनय क्षेत्रमा जमिसकेका थिए। एकसमय उनी ‘कृष्ण’ नामक एक ड्रामा गर्दै थिए, शोही समय उनलाई नेपालबाट ‘उमा’ नामक नेपाली कथानक चलचित्रबाट अफर आयो। उमा कै लागि भनेर उनी नेपाल आए। एक पछि अर्को चलचित्र गर्दै उनी नेपालमा नै अभिनय तर्फ व्यस्त हुन थाले। हाल उनि नेपालमा न छन् र नेपालमा नै बस्ने उनको सोच छ।
काठमाडौँको व्यस्त शहरमा प्रमोद अहिले आफ्नो करियरलाई फोकस गर्दै चलचित्रमा नै व्यस्त छन्। उनले ‘उमा’ पहिलो चलचित्र भएता पनि रिलिजको हिसाबमा ‘गुडबाई काठमाडौँ’ उनको पहिलो चलचित्र हो। गुडबाई काठमाडौँ देखि कथा काठमाडौँ सम्म आइपुग्दा अहिले उनको चर्चा निकै चुलिएको छ।
यतिबेला नेपाली सिनेमा बजारलाई निकै तताएको गसिप हो ‘कथा काठमाडौ’ को गीत। “रातको कुरा” बोलको गीत रिलिज भएपछि दर्शकको ताली भन्दा गाली खाएका प्रियंका कार्की र प्रमोद अग्रहरी यतिबेला मिडियामा चौतर्फी छाएका छन् । भिडियोमा भल्गर दृश्य दिएको भन्दै आलोचना भईरहेको छ भने प्रसंशा गर्नेको पनि जमात छुट्टै छ।
प्रियंकाले हालसम्म भिडियोको बारेमा केही बोलेकी छैनन तर प्रमोदले भने गाली बर्षा हुन थालेपछि यसबारेमा बोलेका छन् । उनले अन्तरवार्तामा आफु कलाकार भएको नाताले फिल्मको कथा र पात्र अनुसारको दृश्य दिएको बताएका छन्। कलाकारको पनि व्यक्तिगत जीवन हुने भन्दै उनले रिल लाईफलाई रियल लाईफसंग जोडेर यसलाई पर्सनल नबाउँन आग्रह गरेका छन्।
उनले भने “हामीले काठमाडौँकै कथा बोलिरहेका छौँ । काठमाडौमा कयौ दिदी बहिनी ,दाजुभाईहरु देह व्यापारदेखि ड्रग्ससम्ममा लाग्नु भएको छ । उहाँहरुलाई बचाउँने को त ??” फिल्मको क्यारेक्टरलाई छाडा भनेर हेरिरहेका दर्शकहरुलाई लक्ष्ति गर्दे उनले भने “यदि प्रमोद अग्रहरी नाङगिएर रत्नपार्कमा बेचिने चेलीहरु र ठमेलमा ड्रग्समा लाग्ने दाजुभाई दिदीबहिनीहरु ५ जना मात्र पनि बच्छन् भने म अर्काे फिल्ममा पनि नाङगिन तयार छु” ।
फिल्मले साच्चै काठमाडौको जीवनयापनलाई पर्दामा उर्तार्ने कोसिस गरिएको छ । फिल्मलाई भीजे संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । आहाना फिल्मस्को ब्यानरमा निर्माण गरिएको ‘कथा काठमाडौ’ लाई विजय राइको लगानीमा तयार गरिएको होे ।
फिल्ममा प्रियंका र प्रमोदको जोडी ,संयोग कोइरालाको जोडीमा सन्ध्या केसी र प्रेक्षा अधिकारीसँग आयुष्मान देसराज जोशी रहेका छन् । फिल्म असोज १२ मा रिलिज हुँदैछ ।
हेर्नुहोस् भिडियो :
प्रतिक्रिया