पिएनपिखबर : कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ । दृष्टिविहीनसँग संसार हेर्ने दृष्टि छैन तर पनि ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेका हुन्छन । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती र समस्या छ ।
धादिङ्गमा जन्मिएका नारायण सिग्देल जन्मजात नै दिष्टिविहीन हुन्। उनको आखाँको ज्योति नभए पनि उनीसँग ज्ञानको ज्योति छ। उनी धादिङ्गबाट पढाईको सिलसिलामा २०४६ सालमा काठमाडौँ आए। उनले त्यति बेला पढाईलाई निरन्तरता दिएर उनले ब्रेल लिपीको माध्यमबाट आई.एडसम्म पढे। खानी मुखलाई झुंगाले छेक्दैन भने झैँ उनी दृष्टिबिहिन भएर पनि उनमा पढ्ने लगाबका कारण गाउँबाट राजधानीसम्म आएर अध्ययन गरे जुन कति कठिन थियो होला भन्ने हामी आफै अनुमान लगाउन सक्छौ।
हालै उनी भक्तपुरको बनेपामा कोठा लिएर बसेका छन। उनको परिवारमा श्रीमती, एक छोरा एक छोरी छन्। उनले मागी विवाह गरेका थिए। उनकी श्रीमती कान कम सुन्छिन। उनको ९ वर्षीया छोरी र १५ महिनाको सानो छोरो छ। उनको ठुलो छोरी संस्थाको सहयोगमा गोदावरी लाइन्स भिजनमा निशुल्क पढ्ने व्बस्था छ तर कापी कलम आफै किन्दिनु पर्ने भएकाले त्यो किन्दिन पनि नारयणलाई समस्या छ।
नारायण सिग्देल फुटपाथमा वेट मेसिन राखेर आफ्नो गुजारा चलाईरहेका छन्। उनी बनेपाबाट रत्नपार्कको फुटपाथसम्म गएर वेट मेसिनको काम गर्छन। यस बाहेक उनका अन्य कुनै आयश्रोत छैन। यति आम्दानीले उनलाई दैनिकी गुजारा चलाउन मुस्किल छ। उनलाई त्यति टाढा गएर वेट मेसिन राखेरभन्दा पनि घरबाटै केहि सीपमुलक काम गर्ने इच्छा छ तर आर्थिक अभाव कै कारण उनको सपना पुरा हुन सकेको छैन।
उनी भन्छन,’सीप मसङ्ग धेरै छ, ‘विभिन्न साबुन र मैनबत्ती बनाउन सक्छु तर यी सामग्री किन्नको लागि करिब ७ हजार लाग्छ तर मसङ्ग यति पैसा छैन।’ कुनै व्यक्तिले सहयोग गर्न चाहेमा त्यो अमुल्य रहने र पछि आफुले केहि गरेर देखाउने उनले बताए। उनले अपाङ्ग, पिछडिएको व्यक्तिहरुको सहयोग गरेमा म लगायतका अपाङ्गहरु आभारी रहनेछौ। उनलाई ७ हजारको खाँचो छ आफ्नै सीपले काम गर्नको लागि जो उनले झुटाउन सकिरहेका छैनन्। यदि इच्छुक महानुभावहरुले नारायण सिग्देललाई सहयोग गर्न चाहनु भएको खण्डमा तलको नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुनेछ :
९८६८३४८६१९
प्रतिक्रिया