अनमोल केसीको हुबहु क्यारिकेचर, हेर्नुस् १०९ जनाको दुरुस्तै आवाज निकाल्ने जीवन (भिडियो सहित)

इनेप्लिज २०७५ साउन १० गते ११:३२ मा प्रकाशित
इटहरी/ विश्वमा धेरै प्रकारका मान्छेहरु भेटिन्छन र देखिन्छन पनि, अनि ति व्यक्तिहरुको आ-आफ्नै प्रतिभा हुन्छ । होला कोहि पर्दा अगाडी आफ्नो प्रतिभा प्रस्फुटन गर्छन भने कोहि अब्बल प्रतिभा हुदा हुदै पनि विभिन्न सामाजिक, आर्थिक तथा भने जस्तो प्लेटफर्म नपाएर लुकेर रहेका हुन्छन । पछिल्लो समय लुकेर रहेको विभिन्न प्रतिभालाइ खोजेर युट्युब मार्फत त्यो प्रतिभालाइ राम्रो प्लेटफम दिने ट्रेन्ड आक्रामक रुपले चलिरहेको छ । यसै क्रममा यस्तै एक प्रतिभा भएका व्यक्ति मिडियामा आएका छन्, जसले १०९ जना चर्चित कलाकार तथा व्यक्तित्वहरुको क्यारिकेचर गर्छन ।
मोरङ्गको सलकपुर स्थायी घर भएका त्यो प्रतिभावान व्यक्ति हुन् जिबन भट्टराइ, जसले मात्र ४ महिनाको अन्तरालमा यो १०९ जनाको क्यारिकेचर तयार गरेका हुन् । भर्खर १२ कक्षामा अध्यन गरिरहेका भट्टराईले सानो उमेर देखि नै घरमा, साथीभाई बीच र बिद्यालयमा पनि शिक्षकहरुलाई हसाउने गर्थे । भट्टराइले नेपालि फिल्म उधोगका चर्चित नायक अनमोल केसीले एक फिल्ममा बोलेका डाईलोग समेत हुबहु अनमोलकै आवाजमा सुनाएका छन् । हेर्नुस् उनको प्रतिभा समाबेश गरिएको भिडियो अन्तरबार्ता ।
सार्बजनिक अन्तरबार्तामा जिबन भट्टराइले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, शेर बहादुर देउबा, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, प्रचण्ड लगायतका केहि नेताहरु साथै चर्चित हास्य क्यारेक्टरहरु धुर्मुस, पाडे, जयिन्ते, मुस्कान पासा लगायतका अन्य धेरै कलाकारहरुको समेत हुबहु क्यारिकेचर गरेका छन् । अझ रोचक कुरा त् के छ भने जीवनले विभिन्न कार्टुन हरुको समेत हुबहु गर्न सक्छन । उनले अब केटीका विभिन्न स्वर सहित जनावरको पनि आवाज निकाल्न कोसिस गर्ने सुनाए । नेपालि हास्यकला क्षेत्रमै आफ्नो भबिस्य देख्ने जिबन चर्चित हास्य टेलिफिल्म भद्रगोल मार्फत आफ्नो हास्य प्रतिभा देखाउन चाहन्छन ।

प्रतिक्रिया