पिएनपिखबर, भक्तपुर। कुबेर सुनार सांगीतिक क्षेत्रमा नयाँ नाम भएता पनि उनले गाएको सुन्दा उनी भर्खर सांगीतिक क्षेत्रमा भित्रिदै छन् भनेर पत्ताउन गार्है हुन्छ। उनी बाल्यकाल देखि नै भविष्यमा गायक बन्छु भन्थे रे। आज उनी त्यहि सपना पुरा गर्न लागिपरेका छन्।
कुबेर सुनार विद्यालय जीवन सकेर जब कक्षा ११ र १२ मा पढ्ने भए तब उनले कलेजमा एउटा गीत गाए। त्यतिखेर उनले कल्पना पनि नगरेको घटना घट्यो। उनको गीत सुनेर विद्यालयका पधानाध्यापकको मन छोयो र उनले कुबेरलाई छात्रवृत्ति दिने योजना बनाए। कक्षा ११ र १२ उनले आफ्नो कला कै कारण फ्री मा पढ्ने मौका पाए। अहिले उनी म्यानेजमेन्ट फ्याकल्टीमा ब्याचलर पहिलो वर्ष पढ्दै छन्।
आरम्भ ब्याण्ड जसमा ६ जनाको सदस्य रहेका छन् त्यस मध्य एक उनी पनि हुन्। उनी गीत गाउनमा मात्र अब्बल छैनन् बाध्यबाधन बजाउनमा पनि उत्तिकै पोख्त छन्। कुनै सांगीतिक कार्यक्रम हुँदा यस ब्याण्डलाई निम्त्याईन्छ। उनी पनि कुनै सांगीतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्न पाउदा खुसि हुन्छन्।
अहिले नेपालमा कला गला हुनेलाई थुप्रै अवसर प्रदान गर्न नेपाल आइडल, भोइस अफ नेपाल जस्ता रियालिटी शो का फ़्रेञ्चाइजहरु भित्रि रहेको अवस्था छ। नेपालको कुन कन्दरामा आफ्नो प्रतिभा खुम्चाउन बाध्य प्रतिभावानलाई एउटा राम्रो अवसर प्रदान गरेका छन् यस्ता रियालिटी शो का फ़्रेञ्चाइजहरुले। कुबेरले पनि यस्ता रियालिटी शो मा भाग नलिएका पनि होइनन्। तर उनी केहि हद सम्म मात्र सफल भए।
उनले नेपाल आइडल नामक एक रियालिटी शो मा भाग लिएका थिए। त्येहा उनी फर्स्ट राउण्डबाट छानिय। तर दोस्रो राउण्ड भने पार गर्न सकेनन्। कारण उनमा गाउने खुबी नभएर होइन। दिउसोको १२ बजे पुगेका उनी गीत गाउँ पालो चाही रातिको आठ बजे आयो। दिन भरिको घाम थकानले उनको अवाजमा परिवर्तन भइसकेको थियो। उनले गाउदा पनि नर्भस भएर गाए। त्यसैले उनले दोस्रो राउण्ड पार गर्न सकेनन्।
आफु सेलेक्ट नभए पनि उनले हरेश भने खाएका छैनन्। उनि सांगीतिक यात्रामा निरन्तर हिडिरहेका छन्। उनी अहे आफ्नो स्वर निखार्न प्रयासरत छन् र संघर्षरत छन्।
उनी भन्छन् ,’एक न एक दिन मा सफल हुनेछु। सबै माझ चर्चित गायक बनेर आफ्नो सपना पुरा गर्नेछु। त्यसको लागि म अहिले मिहिनेत पनि गर्दैछु।’
प्रतिक्रिया