प्रगति पुन र सरोज मोक्तानले बुगीवुगी जितेमा यस्तो योजना बनाएको खुलासा गरे [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ साउन १० गते १०:५९ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। भारतीय रियालिटी शो ‘बुगीवुगी’ को फ्रेन्चाइज कार्यक्रमको रुपमा एपीवान च्यानलले नेपाली संस्करणको ‘बुगीवुगी’ कार्यक्रम सञ्चालन गरिरहेको छ।

बुगीवुगी फाइनलको नजिक आएको छ र यसमा अब तीन प्रतिस्पर्धी मात्र बाँकी रहेका छन्। उत्कृष्ट ४ मा परेका रबिन भुजेल बाहिरिएपछि सरोज मोक्तान, कविता नेपाली र प्रगति पुन उत्कृष्ट ३ प्रतिस्पर्धीको रुपमा परेका हुन्।

तनहुँकी चेली प्रगती पुन मगर अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी शो बुगीवुगीको फाइनल प्रवेश गरेकी छन् । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको शुक्रबार राती भएको श्रृखंलामा उत्कृष्ट चारबाट छनौट भएसँगै उनि बुगीवुगीको फाइनलिस्ट बन्न सफल भएकी हुन् ।

तनहुँ शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानैदेखि नृत्य गर्दै आएकी थिइन् । उनले स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सहभागि भई चर्चा बटुली सकेकी छन् । बुगीवुगीमा सहभागी हुनुपुर्व उनले क्रिस्टल क्लज क्रियुमा आबद्ध रहेर कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् ।

प्रगती पुन मगरलाई भोटिङ गर्नको लागि नेपालमा हुनेहरुले मोक्तानको कोड नम्बर ०४ टाईप गरी ३५२२५ मा म्यासेज पठाउनुपर्ने छ भने विदेशमा रहेकाहरुले एपी वानको एप्सबाट भोट गर्न सक्नेछन् । विदेशबाट भोट गर्नेहरुले एउटा अकाउन्टबाट जम्मा ५ पटकसम्म गर्न पाउने आयोजकले जनाएको छ ।

यदि प्रगती पुन मगरले बुगीवुगीको टाइटल जितिन् भने उनले आफुले पुरस्कार स्वरूप पाएको रकम अनाथ आश्रममा दान गर्ने निर्णय गरेकी छिन्। उनले सानै देखि आफ्नो परिवारबाट बिछोडिएर निकै कष्ठपिडा शहेर बस्नु परेकोले बालबालिकालाई सहयोग गर्ने उनको इक्षा छ।

सरोज मोक्तान टप ३ भित्र पर्न सफल भएपछि अहिले उनको चर्चा चुलिएको छ । मोक्तानको ‘डान्स–स्किल’ र पफर्मेन्सबाट जुरी सदस्यहरु नै चकित छन् । त्यतिमात्रै नभएर सहभागी प्रतिष्पर्धीहरुपनि उनको क्षमताको ठूलो प्रशंशक नै बनेका छन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका मोक्तान सानैदेखि नृत्यमा रुचि राख्थे ।

मुलुककै सर्वाधिक ठूलो राशिको नृत्य प्रतियोगिताको टप ३ भित्र परेपछि अहिले उनको चर्चा स्वदेशमा मात्रै नभएर विदेशमा पनि चुलिँदो छ । उनलाई जिताउने अभियानमा उनका समर्थकहरु अहिलदेखि नै जुटिसकेका छन् ।

प्रतियोगिताको निर्णायकका रुपमा कोरियोग्राफर कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की रहेका छन् । यस्तै प्रगतीसँगै कविता नेपाली र सरोज मोक्तान बुगीवुगीको फाइनलिस्टमा छनौट भए भने रविन भुजेल प्रतियोगिताबाट बाहिरिएका छन् । उत्कृष्ट तिनबाट फाइनलिस्ट छनौटका लागी एपिवानले दर्शकहरुलाई नै अधिकार सुम्पिएको छ।

सरोजलाई भोटिङ गर्नको लागि नेपालमा हुनेहरुले मोक्तानको कोड नम्बर ०८ टाईप गरी ३५२२५ मा म्यासेज पठाउनुपर्ने छ भने विदेशमा रहेकाहरुले एपी वानको एप्सबाट भोट गर्न सक्नेछन् । विदेशबाट भोट गर्नेहरुले एउटा अकाउन्टबाट जम्मा ५ पटकसम्म गर्न पाउने आयोजकले जनाएको छ।

यदि सरोजले बुगीवुगीको टाइटल जिते भने उनले डान्स गर्न चाहानेहरुको लागि डान्स क्लास खोल्ने निर्णय गरेका छन्। उनी भन्छन् ,’डान्स गरेर पनि केहि गर्न सकिन्छ। नेपाली समाजमा डान्सलाई त्यत्ति महत्त्व नदिएता पनि डान्समा भबिष्य कल्पना गर्न सकिन्छ।’

बुगीवुगीका सबै २१ जनाको टिमले फिल्म बनाउने योजना बनाएको कुरा समेत सरोजले खुलाए।

प्रतिक्रिया