सरोजले खोले रविनको सबै भित्रि कुरा, एक्लै बसेर किन रुन्छन् रविन ? [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ साउन १ गते ११:०८ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको डान्स रियालिटी सो ‘बुगीवुगी’ले बिस्तारै चर्चा पाउँदै छ। एपी वान टेलिभिनजबाट बिहीबार र शुक्रबार प्रसारण हुने कार्यक्रमको निर्णायकमा अहिलेकी व्यस्त अभिनेत्री प्रियङ्का कार्की, अभिनेता एवं कुशल नृत्यकार दिलीप रायमाझी र अर्का नृत्य निर्देशक कविराज गहतराज रहेका छन्।

‘बुगीवुगीको नेपाली संस्करणका विजेताले कार, १५ लाख नगद तथा विभिन्न कन्ट्र्याक्ट पुरस्कारस्वरूप प्राप्त गर्ने आयोजकले जनाएका छन्। चैत १५ बाट सुरु भएको प्रतियोगितामा अहिले टप ४ प्रतिस्पर्धी मात्र बाकी छन्। बुगी वुगीमा निर्णायक र दर्शकको भोटको आधारमा उत्कृष्ट ४ प्रतिस्पर्धी अगाडी आएका हुन्। उत्कृष्ट ४ मा कविता नेपाली, प्रगती राई, सरोज र रविन आएका छन्। यी चार प्रतिस्पर्धीहरुको प्रस्तुती एकले अर्कोलाई टक्कर दिने किसिमको रहेको छ।

उनीहरु सबैजना प्रतिस्पर्धी नभएर राम्रो साथी पनि हुन्। भिन्दा भिन्दै पृष्ठभूमीबाट आएका उनीहरुको भिन्दा भिन्दै कहानी छ र क्षमता पनि छ। जसमध्ये पनि रविनले सबैलाई हँसाएर छुट्टै मनोरंजन दिने गर्छन्। सागर मोक्तानले नृत्य मार्फत नै आम दर्शकको मन जितिरहेका छन्।

रविन भुजेलको घर मोरङ, विराटनगरको मिल्स एरिया संरक्षण क्षेत्रमा पर्छ। अहिले उनी २९ वर्षको भए। उनको आमाबुबा उनी सानै हुँदा भारत जानुभएको थियो। त्यसैले पनि उनी हजुरबुबाको रेखदेखमा हुर्किए। बुबा भारतमै बित्नुभयो। अहिले उनको आमा मात्रै हुनुहुन्छ। उनको आमा पनि लामो समय बाहिर बसेपछि मात्रै नेपाल फर्किएकि हुनाले उनको आफ्नो लागि उनी नृत्य नै सबथोक ठान्दछन्।

नृत्यप्रतिको उनको लगाव बुझेरै होला, उनलाई परिवारबाट राम्रै सपोर्ट छ। ‘बुगी वुगी’मा भाग लिनुअघि उनले धेरै नृत्य प्रतियोगितामा भाग लिइसकेका छन्। उनलाई नृत्य मात्रै होइन, अभिनय पनि गर्ने ठूलो रहर छ।

सरोज मोक्तानको घर काभ्रेपलाञ्चोकको नेपालथोकमा पर्छ। अहिले उनी २४ वर्षको भए। उनले आफ्नो घरको आर्थिक अवस्थाका कारण ब्याचलर्स पढ्दापढ्दै पढाइ छाडे। ‘बुगी वुगी’मा भाग लिन आउनुभन्दा पहिले उनी डान्स सिकाउँथे। बागबजारमा रहेको डान्स सेन्टरमा उनले झण्डै पाँच/छ वर्ष डान्स टिचिङ गरेका छन्। त्यसपछि एक वर्षअघि कोरिया जान परीक्षा पनि नदिएक होइनन्। तर, सफल हुन सकेनन्। सायद उनको भाग्यमा नेपलमा बसेर नै चर्चा कमाउन लेखेको हुनुपर्छ।

रविन र सरोज प्रतिष्पर्धी मात्र नभएर राम्रो साथी पनि हुन्। अझ उनीहरु त एकअर्कालाई दाजुभाई जस्तो मान्दछन्। कोख फरक भए पनि भावनाको नाता गहिरो भएको उनीहरुको भनाई रहेको छ।

प्रतिक्रिया