पोखरा महानगरपालिकाका कर्मचारि ओमराज पौडेल को मृत्यु कसरि भयो? हेर्नुहोस् भिडिओ
इनेप्लिज
२०७५ असार ३१ गते ११:११ मा प्रकाशित
असार ९ गते देखी बेपत्ता भएका पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहान तनुहँको भिमादको सेती नदि किनारमा मृत अवस्थामा फेला परेका छन् । उनको शवलाई पोष्टमार्टका लागि पोखराको पश्चिमाञ्चल अस्पताल लगिएको छ भने पोष्टमार्टम पश्चात अाजै अन्तिम संस्कार गरिने उनको पारिवारिक श्रोतले जनाएका छन ।
उनले श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए । उक्त पत्रमा लेखिएको थियो कि ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’ उनका एक श्रीमती, दुई छोरा र १ छोरी छन् । असार ९ गते शनिबार विहान करिब ५ बजे तिर घरबाट मर्निङ वाकका लागि निस्किएका उनी बेपत्ता थिए । उनी वेपत्ता भएको खबर पाउने वित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोलीले सेती किनारमा खोजी गरेको थियो । उनका एक श्रीमती उर्मिला पौडेल दुई छोरा प्रदिस , प्रभेश एक छोरी प्रमिशा पौडेल छन ।
https://www.youtube.com/watch?v=iqRbHfirQMY
प्रतिक्रिया