कलि युगमा केटिहरुको चर्तीकला ! चिया र चुरोटको जोडी !! हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ असार १९ गते २:५८ मा प्रकाशित
चियाको गिलास बोकेर ऊ टेबलको अर्कोपट्टि आएर बसी। दुईचोटी सुरुप्प पारी। अनि पसलेसँग भनी– दाइ, लाइटर कता छ? पसलेले उसलाई लाइटर ल्याइदियो, मलाई बिस्कुट।
म हातमा लेमन टीको गिलास समाएर बसेको थिएँ। मेरो खाजा नै लेमन टी र बिस्कुट थियो।
उसले रेड सूर्य सल्काई। एकदुई सर्को तानी। स्वाट्ट धुँवा फाली। गिलास उठाएर चिया सुरुप्प पारी। धुँवा मेरो अनुहार छिचोल्दै गयो। हात हल्लाएर नाकभित्र पस्न खोजेको धुँवा पन्छाएँ। आँखा तरेर उसलाई हेरें। मनमनै सोचें– कस्ती सोमत नभएकी केटी रैछ।
उसले पनि मलाई हेरी। बाँया आँखा झिम्काएर सोधी– खान्छौं? उत्तर पनि आफैं दिई– हुन त दुध चिया खान नहुने मान्छेसँग चुरोट खाएर क्यान्सरलाई च्यालेन्ज गर्ने आँट छैन होला।

प्रतिक्रिया