ईटहरीमा मन्च फुडको क्याफे पनि संचालनमा (भिडियो सहित)

इनेप्लिज २०७५ असार १५ गते १०:५० मा प्रकाशित
ईटहरि/ जीवन जिउनको लागि एउटा मुख्य कुरा हो खानेकुरा, यसको आवस्यकता हामीलाई हरपल हर पाईला पाईलामा हुन्छ ! मिठा-मिठा परिकारहरुले सबैको मन लोभ्याउछ । ईटहरीमा पनि यस्ता मन लोभ्याउने होटल, रेस्टुरेण्ट तथा क्याफेहरु निकै खुलेकाछन् । आज अर्थात असार १५ बाट धान दिवस र दहि चिउरा खाने दिनलाई सुभ दिन बनाउदै मन्च फुड क्याफे पनि ईटहरिमा संचालनमा आएको छ । ठुला ठुला रेस्टुरेण्ट तथा होटेलहरुमा पाईने मिठा मिठा परिकारहरुलाई ठेलामा राखेर साझ ६ बजेदेखि राति १० बजेसम्म सेवा गरिरहेको ईटहरीका जोशिला युवाहरुले नै यो क्याफेको पनि सुरुवात गरेका हुन् । हेर्नुस संचालनमा आएको क्याफेको एक बिशेष भिडियो ।
हाल संचालनमा आएको उक्त क्याफेलाई इटहरी उपमहानगरपालिका प्रशासकिय अधिकृत संजय अधिकारीले रिवन काटेर उद्घाटन गरेका हुन् । मन्च फुड क्याफेका सञ्चालक मध्येका एक बिशाल अधिकारीले ‘काठमाडौको स्तरीय तथा फास्ट फुट इटहरीमा ल्याइएको’ जानकारी गराए । उनका अनुसार इटहरीका युवाहरुले रोजगार पाउन् र युवाहरुका लागि रोजगारको बिकाश होस् भन्ने धारणाले यो मन्च फुड क्याफे सन्चालनमा ल्याईएको हो । क्याफेले छिटो छरितो ढंगमा ग्राहकलाई सेवा पुर्याउने पनि अधिकारीले बताए ।

प्रतिक्रिया