काठमाडौँ : युवा महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु) साना तथा मझौला व्यवसायी संघ काठ्माडौ जिल्लाको अध्यक्ष पदमा निर्बाचित भएकी छिन l लामो समय देखि साना तथा मझौला ब्यबसायमा आबद्द रहेर ब्यबसायीहरुको हकहितमा काम गर्दै आएकी अन्जु साना तथा मझौला व्यवसायी महासंघले उनको कामको दक्षतालाइ कदर गर्दै गरेको निर्बाचनमा उनीलाई अधक्ष्य जस्तो गरिमामय पदमा निर्बाचित गरेको हो l
नेचर रिभिजिटेड प्रालि धापासीको अधक्ष्य तथा बालाजी बेङ्क्युट बालाजुको संचालिका समेत रहेकी युवा महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु) सदैब साना तथा मझौला ब्यबसायीहरुको पक्षमा वकालत गर्दै उनीहरुको पक्षमा लडाइ लड्दै आएकी एक प्रखर, आत्मा विश्वासी, निडर माहिला नेत्रीको रुमा परिचित छिन l बिशेष गरि महिला दिदीबहिनीहरुको लागि महिला ससक्तिकरणमा तथा उनीहरुको लागि आवाज उठाउदै आएकी तथा सामाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी अन्जु साना तथा मझौला ब्यबसायीहरुको व्यवसायलाई सुरक्षित बनाउदै भविष्यमा ब्यबसायीहरुलाई आत्मानिर्भर बनाउने काममा आफु समर्पित हुने कुरा बताउछिन l साथै सम्पूर्ण निर्बाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आउदो दिनमा साना तथा मझौला व्यवसायीहरुलाई अझ मजबुत एकजुट भएर काम गर्न समेत आग्रह गरेकी छिन l
प्रतिक्रिया