पिएनपिखबर,
भक्तपुर, २३ जेठ : नेपाल कृषिप्रधान देश भएता पनि दाल, चामल, तरकारी, फलफुल जस्ता दैनिक उपभोग्य वस्तुहरु भारत लगायत अन्य तेस्रो मुलुकबाट आयात गर्नु गर्नु पर्ने बाध्यता छ। विशेष गरि काठमाडौँ, ललितपुर र भक्तपुरको ठुला-ठुला खेतहरु कंक्रीटमा परिवर्तन भए पछि दैनिक उपभोग्य वस्तुहरु परिपूर्ति गर्नको लागि अन्य देशको भर पर्नु पर्ने अवस्था सिर्जना भएको हो।
नेपालमा एउटा भनाई खुबै प्रचलित छ। ‘पढ है पढिनस भने कुटो कोदालो खन्नु पर्ला । ‘तर यो भनाईलाई निरर्थक पार्दै काठमाडौँ खरिबोटमा जन्मे हुर्केका गौतम गुरुङ पोलिसीमा मास्टर्स सकाएर पनि कृषि पेशामा संलग्न भएका छन । उनी नेपाल सरकारले प्रदान गरेको छात्रवृतिमा कोरिया गएर आफ्नो मास्टर्सको पढाई सकाएर आएका हुन्।
काठमाडौँस्थित टोखामा १७ रोपनी जग्गा भाडामा लिएर कृषि पेशा अंगालेका गौतम गुरुङ शुरुमा त एग्रो टुरिजम गर्छु भनेर लागेका थिए। आफ्नो प्लान अनुसार उनले बाख्रा, कुखुरा, माछा पालनका साथै च्याउ खेती र अन्य तरकारी खेती पनि गरे। उनले केहि साथीहरुको साझेदारीमा २० लाख लगानीमा अर्गानिक खेती शुरुवात गरेका हुन् ।
रहरै रहरमा शुरु गरेका एग्रो टुरिजमले उनलाई शुरुमा निकै घाटा पुर्यायो। पहिलो वर्षमा पालेको बाख्रा गोठ बनाउन नमिलेकोले गोठ भत्किएर मरे। माछा तापक्रम नमिलेकोले मरे। कुखुरामा भने खासै घाटा भएन। त्यसैले पनि उनको रहर करमा बद्लिएको थियो। करकापमा भए नि उनी अगाडी बढी रहे। उनले हरेश भने खाएनन्। काममा हात हालिसके पछि उनलाई छोड्न मन लागेन। उनी भन्छन् ,”रहरैरहरमा एग्रो टुरिजम खोल्ने भनेर गरियो। एक वर्ष पछि रहर करमा बद्लियो। दुइ बर्ष पछि त बध्यता नै भयो। अहिले जसोतसो गरीरहेको छु। सन्तुष्ट छु।”
तेसो त उनले एग्रो टुरिजम बिना ज्ञान भने सुरु गरेका थिएनन्। उनले सम्बन्धित ठाउँमा तालिम प्राप्त गरेर नेपालमा नै कृषि कार्य गर्ने सोच अनुरुप अघि बढेका थिए। कृषिप्रधान देशमा कृषि गर्ने तरिकाको उनलाई राम्ररी ज्ञान थियो।
शुरुको दिनमा बाटो खनेर आफ्नो खेत सम्म बाटो ल्याए, खेतमा खनजोत गरेको दिन सम्झेर पनि उनले बाध्यता नै सहि निरन्तर आफ्नो काममा लागिरहे। अहिले आफ्नो व्यवसायले पिक लिएकोमा उनी खुशी छन्। केहि कामदार राखेर अहिले उनी सर्वेक्षणको लागि जाने गर्दछन्।
उनले आफ्नो व्यवसायलाई बिचौलिया देखि टाढै राखेका छन्।’काठमाडौँ अर्गानिक’ नामक आफ्नै एक अनलाइन मार्फत उनी उपभोक्ताको घर-घरमै तरकारी पुराउने गर्दछन । उनको साथी जो साझेदारीमा उनीसँगै यो काममा लागेका छन् उनीहरुको तरकारी पसल भएकोले पनि बजार व्यवास्थापन गर्न भने उनलाई गाह्रो परेको छैन।
हाल आफ्नो खेतमा उनले काक्रो,फर्सी, मुला, भट्मास, गोलभेडा, सिताके च्याउ जस्ता सिजनका तरकारीहरु फलाउने गरेका छन्। उनले केहि लोकल कुखुरा र एउटा गाई पनि पालेका छन्।
लाखौँ नेपाली कोरिया जान मरिहत्ते गर्छन्। मानौ कोरिया आम बेरोजगार नेपालीको सपनाको देश नै भइसकेको छ। तर उनी कोरिया गएर पनि आफ्नो देश र आफन्त सम्झेर फर्की आए।
नेपालमा नै केहि गर्नु पर्छ भन्ने उनको सोच थियो । उनले गरे असम्भव केहि छैन भन्ने कुरा प्रमाणित गरेका छन्। अधिकांश युवाहरु सरकारी जागिरको खोजीमा हुन्छन् तर उनलाई न सुकिलोमुकिलो भएर कुर्सीमा बस्न रहर लाग्यो न त सरकारी जागिरमा नै उनले भिड्ने प्रयास गरे।
उनी भन्छन् ,’सुरुमा मेरो बुबाआमाले सोच्नुहुन्थ्यो कि छोराले पढेर कुर्सीमा बसेर काम गर्ला भनेको त खेतमा कुटो कोदालो पो गर्न थाल्यो।’ तर बिस्तारै गौतमको बुबा आमा पनि छोराको काममा सन्तुष्ट भए।
पढीनस् भने कुटो कोदालो खन्न पर्ला नि भन्ने मानसिकता गलत हो पढेकाले पनि कुटोकोदालो गर्न हुन्छ गौतम भन्छन् । त्यसैले पनि सरकारी जागिर र विदेश मोह छोडेर उनी कृषि व्यवसायमा लागेका हुन्।
३२ वर्षकै उमेरमा उनले गरेको यो काम समाजमा नै उदाहरणीय र शराणीय छ। लाखौ युवा जो विदेश जान मरिहत्ते गर्छन् उनीहरुले गौतमको साहस र आँटबाट केहि सिक्नु पर्छ।
गौतम गुरुङसँग पिएनपिखबरले गरेको कुराकानी हेर्नुहोस भिडियोमा :
प्रतिक्रिया