व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै – नायिका कशिस दाहाल

इनेप्लिज २०७५ जेठ २० गते ३:०८ मा प्रकाशित

काठमाडौँ : नेपाली सिने जगतमा सम्भाबनायुक्त नायिकाको रुपमा उदयमान तथा पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल भएकी मोडल तथा नायिकाकशिस दाहालको व्यस्तता पनि बढ्दै गएको छ l विभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल तथानायिका कशिस दाहालको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ l अभिनय तथा नृत्यमा पोख्त नायिका कशिस दाहालसुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो l मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेशगरेर आफुलाई सक्षम नायिकाको रुपमा उभ्याउन सफल नायिका कशिस दाहाल आफ्नो अभिनय नृत्य तथा सुन्दर अनुहार र मिलेको शरीरका कारणचर्चामा छिन् । करिब आधा दर्जन चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी कशिसले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो कुशल अभिनय तथा नृत्यप्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन । उनले अभिनय गरेको पछिल्लो चलचित्र “द प्रिन्स” चाडैनै दर्शक श्रोता माझ आउनेक्रममा रहेको नायिका कशिस बताउछिन l

पूर्वको सुन्दर नगरी इटहरीको स्थाई बासिन्दा नायिका कशिस काठमाडौँलाइ कर्मथलो बनाएर अहिले दिनरात मेहनत गरेर अगाडी बढ्दैछिन l नेपालीफिल्मका लागि निकै सम्भावना बोकेकी नायिका कशिस सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन l नायिका कशिस दाहाल सरल व्यवहार, दृढ आत्मविश्वास र फराकिला सपनाहरूको आकाशमा छरिएकी झैं लाग्छिन् ।

पढाइमा सधै अब्बल नायिका कशिस मास्टर फर्ष्ट एयरको परिक्षा दिएर मास्टर सेकेण्ड एयरमा अध्यनरत छिन l परिवार, आफन्त, अग्रज तथासाथीभाईहरुको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका कशिस आफुलाई अभिनय र कला प्रस्तुत गरेर आफु भित्रभएको क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुने क्रममा छिन l विभिन्न आरोह अबरोह पार गर्दै नेपाली सिने नगरीमा स्थापित हुदै गरेकी सुन्दरनायिका कशिस दाहाल चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशीलता, अभिनय क्षमता हुनु पर्नेमा बिश्वास राख्छिन l

प्रतिक्रिया