गत शनिवार, १९ मई २०१८ को दिन बेलायतको अल्डरशट स्थित एम्पायर हलमा ”इलाम समाज यूके” द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेकाछन ।
ग्रेटर रशमूर नेपाली समाजका अध्यक्ष जीवा बेलाबासेको बिशेष आतिथ्य रहेको उक्त कार्यक्रममा ईलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरी अनि वरिष्ट सल्लाहकार कमल राईलेसञ्युक्त रुपमा अनावरण गरी सार्वजनिक गरेका हुन । सार्वजनिक पश्चात इलाम समाजका कार्यसमितिका सदश्यहरु, बिशेष अतिथी अनि इलाम समाजका विशिष्ट सदश्यहरुकोउपस्थितिमा वृतचित्र प्रदर्शन गरिएको थियो । करिव दुई घण्टाको वृतचित्रमा समग्र इलामको साँगोपागोँ भौगोलिक अवस्था, प्राकृतिक सौदर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिकपरम्पराहरु समेटिएका छन ।
उक्त वृतचित्र निर्माणमा उल्लेखनिय योगदान दिनुहुने डिल्ली कुमार गुरुङ ज्युले इलामको परिवेशलाई चारै ऋतु अनि हरेक महिनामा मनाईने चाँडपर्व जस्ता महत्वपूर्ण कुरोहरु समाविष्टगर्ने हेतुले सन २०१७ को जनवरीबाट छायांकन शुरु गरिएको वृतचित्र यो बर्षको जनवरीमा शुटिङ कार्य समाप्ती सगैँ एडिटिङ् र अन्य प्राविधिक कार्यहरु अप्रिलमा पूर्ण गरी अहिलेसार्वजनिक गरिएको जानकारी दिनु भयो ।
कर्म भुमी बेलायतमा जीवन ब्यतित गरिरहेका इलामेहरुको एक्यबद्धताको प्रतिकको रुपमा रहेको इलाम समाज बेलायतले आफ्नो गृह जिल्ला इलामको सम्झनालाई पुस्तौ पुस्ताजोगाईराख्न अनि इलामलाई विश्वब्यापी रुपमा अझै सशक्त ढंगले चिनाउने हेतुले यस वृतचित्र निर्माण गरेका छन ।
यस वृतचित्रको निम्ती निर्देशन, क्यामेरामेन र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन भने वृतचित्रको निम्ती “इलाम हाम्रो पहिचान” बोलको गीतको शब्द संयोजन गीतकार मुकेशराइले गरेका छन साथै संगीत मन थुलुङ् र स्वर मन थुलुङ् अनि सुनिता थेगिमको रहेको छ ।
यस वृतचित्र निर्माणको निम्ती समग्र बेलायतवासी इलामेहरुले आर्थिक सहयोग अनि स्पोन्सर गरेका छन । वृतचित्रको प्रदर्शन पश्चात दर्शकहरुले अतिनै रोचक अनि आफ्नो गाउँ पुगेकोअनुभूति दिलाउने बनेको प्रतिकृया दिएका थिए भने कतिपयले आफ्नै जिल्लामा रहेर पनि छाँयाकंन गरिएको कुरोहरु थाहा नभएको र परदेशमा रहेर पनि यसरी यस् वृतचित्र मार्फत जान्नपाउँदा खुशी लागेको बताएका छन ।
अन्त्यमा इलाम् समाज बेलायतका अध्यक्ष गोपाल गिरी ज्युले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै आउँदा दिनहरुमा यो वृतचित्र भिडियो इलामेहरुको निम्ती मात्रै नभई सम्पूर्ण नेपालीहरुकैनिम्ती पनि गर्व महसुस गराउने दस्तावेजको रुपमा रहने कुरोमा आफु विश्वस्त रहेको बताउनु भयो साथै यो वृतचित्र निर्माणको निम्ती एक्यबद्ध भएर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आवश्यकसल्लाह अनि सहयोग गर्नुहुने सम्पूर्ण इलामेहरू प्रति आभर ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
प्रतिक्रिया