अशोक पछि गायनमा सम्भावना बोकेका नितेश, चर्चित गायकका गीत हुबहु गाउछन् (भिडियो सहित)
इनेप्लिज
२०७५ जेठ ६ गते १९:४१ मा प्रकाशित
ईटहरी/ नेपालि सांगीतिक क्षेत्रले पछिल्लो समय भविष्यमा सफल गायकको ट्याग पाउने सम्भावना बोकेका व्यक्तिहरुलाई डिजिटल दुनियाले सबै माझ परिचित बनाईरहेको छ । यस्तैमा अशोक दर्जी पछि मोरङ्ग मिक्लाजुङ २ शाखारेका नितेश राई पनि यस्तै सम्भावना बोकेका युवामा पर्छन । उनको आजले बर्षौ बर्ष संगीत साधना गरेको बताउछ । तर उनले हालसम्म संगीतका कुनै कक्षा लिएका छैनन् । कक्षा १० मा पढ्ने उनले भविष्यमा सफल गायक बन्ने लक्ष्य राखेका छन् । हेर्नुस् उनको प्रतिभा प्रस्फुटन सहित उनि संग लिइएको यो भिडियो अन्तरबार्ता ।
उमेरले १५ बर्ष मात्रै लागेका उनको आर्थिक अवस्था खासै दरिलो छैन तर आफ्नो संगीत यात्रालाई अघि बढाउन केहि व्यक्तिहरुले सहयोग गर्ने बचन दिएको उनि बताउछन । चर्चित गायकहरुको जस्तोसुकै गीतहरु पनि सहजै गाउनसक्नु उनको खुबी हो । सानैदेखि स्कुल अनि घर गाउँमा गीत गाउदै आएको भएपनि उनको प्रतिभाको अझैसम्म कदर हुन सकेको छैन् । स्कुलमा गीत गाउने क्रममा उनले धेरै पटक प्रथम स्थान हासिल गरेका छन् । आफ्नो प्रतिभालाई आफ्नो गाउमा मात्रै नभएर देश अनि बिदेशमा रहेका नेपालीहरु माझ पुर्याउनु चाहान्छ्न उनी । सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको आफु ठुलो फ्यान बताउने उनि आफ्नै गीत रेकर्ड गराउने ठुलो इच्छा रहेको सुनाउछन ।
प्रतिक्रिया