विजय थापा ,नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो – अन्जु पन्त। ९ महिना अगाडी अमेरिका आई सकेकी गायिका अन्जु पन्त पुन अमेरिका आउने भएकी छिन् ।
उनि युनाइटेड नेप्लिज एसोसिएसन को तेश्रो सम्मेलनको लागि टेक्सस राज्यको ड्यालस शहरमा सम्मेलनमा प्रस्तुतिको लागि आउन लागेकी हुन् । आगामी मे २६-२७ मा हुने उक्त सम्मेलनमा उनका चर्चित गीतहरु सुन्ने अवसर श्रोताहरुले पाउने भएका छन् ।
उनले ९ महिना अगाडी डिसीमा गरेको प्रस्तुतिमा दर्शकलाई मन्त्र मुग्ध पारेकी थिइन् । उनले आफ्ना चर्चित गीतको साथै माइतिघर चलचित्रको प्राण भन्दा प्यारो गीत मिश्रित गीत गाउँदा माहौल तातेको थियो भने दर्शक झुमेका थिए l
यस पटक पनि टेक्ससमा उनका प्रशंसक तथा दर्शक पक्का झुम्ने छन् । न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, सुर्के थैली खै, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’,तिमि रोएको पल लगायत दर्जनौ चर्चित गीतहरु सुन्न श्रोता तथा दर्शक प्रतिक्षारत छन ।
प्रतिक्रिया