बाबुको लगानीमा अनमोल केसीको अर्को फिल्म

इनेप्लिज २०७५ जेठ १ गते ११:२३ मा प्रकाशित

जेष्ठ १

नेपाली सिने जगतका सुपर स्टार सदावार नायक भुवन केसीको लगानिमा क्याप्टेन चलचित्र निर्माणा हुदैछ । दशै अगाडीनै नेपालका संपुर्ण सेनेमा हलमा आईपुग्ने चलचित्रको हाल दमक गोल्ड कपमा सुटिङ सम्पन्न भैसकेको छ । चलचित्रको मुख्य भुमिकामा भुवनकै छोरा अनमोल केसी रहेका छन भने सुनिल थापा (राते काईला) र वल्सन विक्रम राई (तक्मे बुढा) रहेका छन । अनमोल केसी हरेक चलचित्रमा नयाँ नयाँ नायिकाहरुसँग काम गर्दै आएका अनमोललाई साथ दिन नव नायीका प्रियका एन वी र उपासना सिंह ठकुरीले चान्स पाएका छन । उनि संग अभिनय गरेका हिरोईन साम्राज्ञी राज्यलक्ष्मी शाह र अदिती बुढाथोकी अहिले चर्चामा रहेका छन ।

 

खेलाडीको जिवनीमा आधारीत चलचित्रमा खेलकुदलाई महत्व दिएको उक्त चलचित्रमा एक्सन, कमेडी र लभ स्टोरीले भरिएको निर्माण पक्षले बताएको छ । चक्लेटी हिरो अनमोलले उक्त फिल्मा एक फुटवल खेलाडीको भुमिकामा अभिनय गरेका छन । चलचित्रमा बिभिन्न कल्वको जर्सीमा रहेका अनमोललाई क्याप्टेन वल्सन विक्रमले साथ दिएका छन । दमक गोल्ड कपको अवसर पारेर दमक बहुमुखी क्याम्पसमा अनमोलले धेरै वटा कल्वको जर्सी लगाएर छायांकन गरेको थिए । नेपाल र मलेसियामा छायांकन हुने उक्त चलचित्र २ करोड ५० लाखको लागतमा तयार हुने निर्माता केसीले बताए । चलचित्रको निर्देशन दिवाकर भट्टराईले गरेका छन ।

भिडियो सहित

प्रतिक्रिया