नेपाल आइडल र नेपाल आइडल सिजन २ दुवैमा नछानिदा खल्लो लागेको छ : प्रविन गुरुङ

इनेप्लिज २०७५ वैशाख २२ गते १२:०८ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। नेपालको हालसम्मकै ठूलो गायन प्रतियोगिता नेपाल आइडलले लाखौँ दर्शकको मन जित्यो। नेपाल आइडलको मंच गायन क्षमता भएर पनि भित्र लुकिएरहेका नेपाली युवाहरुको लागि सुनौलो अवसर समेत प्रमाणित भयो। नेपाल आइडल आफैमा ठुलो सो भएका कारण पहिलो चरणमा नेपालीहरु आइडल प्रति निकै उत्साहित थिए आफ्ना प्रतिभा प्रस्पोटन गर्न देशका कुना कुनाबाट युवा सागर उर्लिएका थिए । नेपाल आइडलको पहिलो सिजनको त्यो सफलता पछि नेपाल आइडल संचालन गरेको च्यानल एपी वान ले केहि समय अगाडी नेपाली आइडल-२ को पनि घोषणा गरेको थियो। घोषणा गरेको केही दिनपछि एपीवानले दोस्रो सिजनको लागि अडिसनको मिती र स्थान समेत घोषणा गरिसकेको छ। अडिसन दिन भनेर नेपालको कुना कुनाबाट प्रतिभाशाली व्यक्तिहरुको जमातको सहभागिता धेरै नै थियो। सोहि क्रममा आफ्नो आवाज दुनियासामु चिनाउन अडिसन दिन प्रविन गुरुङ पनि पुगे। प्रविन गुरुङ कक्षा १० मा अध्ययनरत छन्।

तिरुपति इन्ग्लिश हाइयर सेकेण्डरी स्कुलका एक होहार विद्यार्थी प्रविन गुरुङ आफ्ना प्राध्यापक तेञ्जिङ्ग शेर्पाको सहयोगमा अडिसन दिन गएको बताउँछन्। नेपाल आइडलमा समेत सहभागिता जनाएका प्रविन नेपाल आइडल सिजन २ मा सहभागिता जनाउन पछि परेनन्। नेपाल आइडलको अडिसनमा गायकी राम्रो छ, आवाजमा दम छ तर क्लास लिन जरुरत छ भन्ने प्रतिक्रिया पाएका प्रविन निराश भएनन्। उनले हिम्मत हारेनन्। आफु नेपाल आइडलका लागि नछानिए पनि नेपाल आइडल सिजन २ आउदै छ भन्ने थाहा पाएपछि उनी फ़ुरुङ्ग परे। र अडिसनको लागि तयारी गरे। मनमा आँटर विश्वास राखेर उनी अडिसन दिन गए। आफ्नो सुमधुर आवाजमा जजहरु समक्ष दुइ तिनवटा जति गीत गाएर सुनाए। उनले फेरी केहि परिश्रमको आवश्यक छ भन्ने कमेन्ट जजहरुबाट पाए। उनी भन्छन्, ‘आफु नछानीए पनि नेपाल आइडल र नेपाल आइडल सिजन २ को मंचमा गएर प्रस्तुति दिन पाउँदा नै खुसि छु। ‘ तर अझै उनले हिम्मत भने हारेका छैनन्। भबिष्यमा गायक बन्ने उनको सपना अझै अटल नै छ। उनी गायक मात्र नभएर नेपाल आर्मीमा भर्ति हुन पनि चाहन्छन्। उनी भन्छन् ,’मंगोलियन भएपछि आर्मीमा भर्ति हुनु नै पर्छ, मेरो परिवारले त्यसै भन्नुहुन्छ। त्यसैले म आर्मीमा भर्ति भएर देशको सेवा गर्न चाहान्छु। ‘ हेर्नुहोस् प्रविन गुरुङसँग गरिएको रमाइलो कुराकानी :

प्रतिक्रिया