काठमाडौं÷बैशाख १७
पूर्णीमा लामाले निर्माण गरेको हिरोज् फिल्म बैशाख २८ मा प्रदर्शन हुने भएको छ । एक्शन, लभ, कमेडी तथा सम्वेदनाले भरिएकोे फिल्म पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा थियो । तर, प्राबिधिक कारण देखाउदै अन्तिम समयमा प्रदर्शन स्थगीत गरियो । अब भने आफ्नो फिल्म बैशाख २८ मा दर्शकमाझ आउने पक्का भएके जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् ।
एनवी महर्जनको निर्देशनमा बनेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । जय लक्ष्मी फिल्मस्को ब्यानरमा बनेको फिल्म राजनीति बिकृति, बेरोजगारी, चेलीबेटी बेचबिखच तथा सडक बालबालिकाको बिषयमा बनेको छ । लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्मको निर्मातामा शेखर लामा, युवराज लामा र संजोग राणा छन् । कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।
फिल्मको बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन् । निर्मात्रीका रुपमा समेत आफू सफल हुने बिश्वास पूर्णीमाको छ । पूर्णिमा अभिनी
त रेलिमाइ र नेप्टे दर्शकमाझ आइसकेका छन् । हिरोज्सँगै सोही मितिमा गोपालचन्द्र लामीछाने निर्देशीत लम्फू प्रदर्शनमा आउदैछ ।
प्रतिक्रिया