पिएनपिखबर, भक्तपुर। पछिल्लो समय बिद्यार्थीहरु इन्टरनेटमा झुम्मेर आफ्नो समय व्यतित गर्ने गरेका छन् । तर भक्तपुरको बालकोटमा एक यस्ता प्रतिभावान बिद्यार्थी छन् जो फुर्सदको समयमा शान्त वातावरणमा बाँसुरी बजाएर आफ्नो फुर्सदको समय व्यतित गर्छन । भक्तपुर स्थित माउन्ट भ्यु बोर्डिङ् स्कुलमा १३ बर्षीय प्रसन सिटौला कक्षा ८ मा अध्ययनरत छन्। उनले अध्ययन र संगीतको क्षेत्रलाई समान रुपमा अगाडी बढाइरहेको छन् ।
बाँसुरी एक प्रकारको बाजा हो जसलाई मुरलीजस्तै तर तेर्सो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । नेपाली लोकगीतमा धेरै प्रयोग हुने बाँसुरी बाजा निकै प्रख्यात छ । बाँसुरी विश्वकै सबैभन्दा लोकप्रिय बाद्ययन्त्र मध्य एक हो जसको प्रयोग पाश्चात्य संगीत देखि लिएर हरेक प्रकारको संगीतमा हुन्छ । परापूर्वकालमा पनि यसको निकै प्रयोग थियो । विभिन्न बाजागाजामा बाँसुरीको प्रयोग अनिवार्यजस्तै छ । बाँसुरी, मुरली नामबाट धेरै गीत, भजनहरूसमेत बनेका छन् ।
संगीतमा रुची राख्ने प्रसन सिटौला सानै बेलादेखि बाँसुरी बजाउन रुची राख्थे । बिद्यालयमा संगीतको कक्षा लिइरहेका प्रसन भविष्यमा सांगीतिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन चाहन्छन्।
बाँसुरी बजाउन रुचाउने उनी नयाँ नयाँ गीत खोजीखोजी बाँसुरी मार्फत संगीतसँग जोदिरहेका हुन्छन । उनी भन्छन्, ‘म भविष्यमा एलेक्ट्रीसियन बन्न चाहान्छु साथै बाँसुरी बजाउने कलालाई पनि निखार्दै लाने छु। ‘
आफ्नो शिक्षालाई असर नपर्ने गरी उनी बेलामौका घरमा आफ्नो बाबाममीलाई पनि बाँसुरी बजाएर सुनाउने गरेको बताउँछन्।
नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेका यी बालप्रतिभा सम्पूर्ण विद्यार्थीको लागि उदाहरणीय पात्र बनेका छन् । फुर्सदको समयमा समेत सांगीतिक क्षेत्रको नयाँ नयाँ विषयवस्तु खोजिरहने यी प्रतिभा पक्कै पनि भविष्यमा एक उच्च व्यक्तित्व बन्नेमा कुनै दुइमत छैन ।
हेर्नुहोस् भिडियो :
प्रतिक्रिया