अमेरिकामा ५०१c मा दर्ता भएका नेपाली सामाजिक संस्थाहरू १०१ भन्दा बढि भएर पनि दुखको वेलामा साथ, सहयोग र सल्लाह दिने एउटा भएनन!
हुन त गुगल र युट्युव मा खोजी गरे पछि धेरै समस्या समाधान वा उत्तर हरू निस्कन सक्छन । तर पनि second opening को लागि आफ्नै देश, माटो, रगतको बोली खोज्दो रहेछ, बिश्वास लाग्दो रहेछ !
Legal advice नभए पनि नेपाली माथी नै बिश्वास लाग्दो रहेछ ।
नेपालीहरूको आफ्नै एउटा website जसमा सबै forums अटाउन सकेस !
1. Lawer’s forum
2. Doctors forum
3. Professor forum
4. Business forum
5. IT forum
6. Scientists forum
7. … …
हामीहरू आ आफ्नो स्वार्थको लागि हजारौ संस्थाहरू दर्ता गरे पनि पद, भाषण र खादा लाए पनि भोली एउटा नेपाली लाई समस्या परेको बेलामा खोजी गर्ने सुझाव, सल्लाह, छलफल गर्ने website खै ???
हरेक संस्थाका नेतृत्वहरू लाई सहयोग र साथ दिने सदस्यहरू सधै हाजिर गराउछन र हामीहरू हाजिर हुन्छौ। तर एउटा नेपाली आजको बैज्ञानिक युगमा सानो सुझाव वा सल्लाह को लागि को संग गुहार माग्न जाने ?
के सबै नेपाली बिद्वत वर्गहरूले आफ्नो phd बाकस मै बन्द गर्न वा भित्तामा सजाउन त पक्कै लिनु भएको छैन होला ।बेला मौकामा आफ्नो इच्छा अनुसार सामाजिक संजालमा उदाउने मात्र रहर त पक्कै छैन होला ।
एउटा जिवन त अनपढ र गरिवले पनि बाचेकै छ र परिबार पनि पालेकै हुन्छ । आफ्नो घर परिवारको घेरा बाट माथी उठ्नु हुनेछ ।
पक्कै पनि वहाहरू बिध्वता र धन हुने हरूको मन फुर्यो भने पक्कै शंभव हुनेछ !
बास्तवमा हाम्रा संस्थाहरूको खराव नियत , चरित्र र क्रियाकलाप देखेर होला वहाहरू अलग रहनु भएको होला। तर केहि गर्न भने वहा हरू पनि पक्कै चाहना राख्नुहुन्छ ।
एउटा नेपालीको website जसले हामी लाई परेका समस्याहरूमा घर मै बसेर खोज्न, हेर्न र संम्बन्धित expertise हरूको सुझाव सल्लाह लिन सकियोस ! आफ्ना अनुभव, दुख, सुख र सुझाव सल्लाह आदान प्रदान गर्न सकियोस ।
यी संस्थाहहरूको भिडमा बस मैले एउटा मानिस र सामाजिक संस्था खोजीरहेछु !
प्रतिक्रिया