पच्चीस लाख जरिवानासहित कैद सजायको फैसला

इनेप्लिज २०७२ वैशाख ९ गते ८:५४ मा प्रकाशित

भक्तपुर, ९ वैशाख । भक्तपुर जिल्ला अदालतले एउटा जग्गा देखाएर कीर्ते गरी अर्को जग्गा बिक्री गर्ने चारजनालाई ११ लाख रुपैयाँ जरिवानासहित कैद सजाय सुनाएको छ ।

भक्तपुरको तत्कालीन सिपाडोल–४ (ग) कित्ता नं १८२ को २ रोपनी ११ आना २ पैसा जग्गाको नक्कली ब्लुप्रिन्ट नक्सा बनाई आनाको रु २५ लाख रुपैयाँ पर्ने जग्गा देखाएर २१ लाख रुपैयाँमा बिक्री गरी ठगी गर्ने अपराधीविरुद्ध यस्तो फैसला सुनाइएको हो ।

अदालतले कीर्ते गरी ठगी गर्ने ४२ वर्षीय भीमबहादुर खड्कालाई एक वर्ष कैद, २३ वर्षीय सरोज तामाङ, ४३ वर्षीय इन्द्रबहादुर लामा र ४१ वर्षीय अङ्गत खत्रीलाई जनही ६ महिना कैद सजाय र उनीहरुबाट जग्गा खरिद गर्ने पीडित मनोरमा लिम्बूलाई २१ लाख क्षतिपूर्ति तिराउने फैसला गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले गरेको फैसलामा तत्कालीन गाविससचिव राजु गौतम, लेखनदास भैरव केसी र जग्गाधनी सानुमाया तामाङलाई भने सफाइ दिएको छ ।

प्रतिक्रिया