काठमाडौँ : गायक तथा संगीतकार रमेश श्रेष्ठ मेलोडिको “साँझ परे पछि तान्न मन लाग्छ च्वास्स च्वास्स” नामक गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ l दर्जनौ हिट तथा सुमधुरगितहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चा कमाएका गायक रमेश श्रेष्ठ मेलोडीको विभिन्न मेला महोत्सब देखि एफ एम रेडियोहरुमा हिट भएर चर्चित भएको यस गीतलाई गायकमेलोडिले म्युजिक भिडियो मार्फत सार्बजानिक गरेका हुन् l पछिल्लो समय चर्चामा रहन सफल गायक रमेश श्रेष्ठ मेलोडीको आजकल व्यस्तता समेत दिनानुदिन बढ्दै गएको छ l
गीतकार बिनोद बन्जाराको शब्द रहेको यस गीतमा संगीत गायक रमेश श्रेष्ठ आफैले भरेका छन भने एरेन्ज शिब मुखियाको रहेको छ l एकान्त मगरले छायांकन गरेको यस म्युजिकभिडियोलाई शिब पौडेलले निर्देशन गरेका छन भने म्युजिक भिडियोमा गायक रमेश श्रेष्ठ लगायत राजु लामा र सबिता राइको अभिनय रहेको छ l
भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?time_continue=1&v=24R4RS9EFFg
प्रतिक्रिया