काठमाडौँ: बरिष्ट समाजसेवी सुमित्रा बस्नेत राष्ट्रिय नारि सम्मान २०७४ बाट सम्मानित भएकी छिन l १०८ औ अन्तराष्ट्रिय महिला दिबसको अवसर पारेर बिगत डेढ दशक देखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, ब्यबसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापुर्बक लागेर नेपालि नगारिक समाजमा आफुलाई निष्ठापुर्बक समर्पित गर्दै आएको र आफु संलग्न क्षेत्रको माध्यम मार्फत मुलुकको आर्थिक बिकाश, सामाजिक सेवा र नागरिक सेवमा निरन्तर पबित्र सेवाभाबले कार्य गर्दै आएको तथा सेवा मुलक ब्यबसाय, सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई नागरिक एकता समाज काठमाडौँले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै राष्ट्रिय नारि सम्मान २०७४ बाट सम्मानित गरेको हो l
उक्त अवसरमा प्रतिनिसभा सांसद तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा, राष्ट्रियसभाकी सदस्य कोमल वली, प्रदेश ३ की उपसभामुख राधिका तामाङ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतका विभिन्न पेसा व्यवसायमार्फत समाजमा योगदान पुर्याउने महिलाहरूलाई सम्मान गरिएको थियो।
राष्ट्रिय नाच घरमा सम्पन्न उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा समाज कल्याण मन्त्रि माननीय थममाया थापा तथा अतिथिमा कोमल ओली लगायत अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा उक्त राष्ट्रिय नारि सम्मान २०७४ बरिष्ट समाजसेवी सुमित्रा बस्नेतलाइ प्रदान गरिएको थियो l सो अबसरमा सुमित्रा बस्नेत लागायत सामाजिक क्षेत्र तथा अन्य क्षेत्रमा अग्रणी भुमिका निर्बाह गर्ने महिलाहरुलाई पनि सम्मान गरिएको थियो l राष्ट्रिय नारि सम्मान २०७४ कार्यक्रममा सम्मान लगायत विभिन्न सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो l उक्त कार्यक्रमको सभापतित्व नागरिक एकता समाज काठमाडौँका अधक्ष्य सिताराम कार्कीले गरेका थिए l
सामाजिक कार्यमा सदैब अग्रसर भएर समाजमा पुर्याएको बिशिस्ट योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विभिन्न दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन l
प्रतिक्रिया