एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् ।
‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।
‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’
उनले भने, ‘पहिले ट्याक्स आफूले तिर्नुपर्ने कुरा प्रष्ट भनिएको थिएन र पछि मात्रै यो कुरा थाहा छैन । आठ लाख रुपैयाँ मसँग नभएकाले कार चढ्न पाइनँ ।’ हेर्नुहोस भिडियो रिपोर्ट किन बढ्यो त नेपाल आइडल र बुद्ध लामाको दुरी जसका कारण बुद्धले यस्तो गर्नु पर्यो
https://www.youtube.com/watch?time_continue=1&v=u_YVmoyK89g
प्रतिक्रिया