कास्ठमण्डप अहिले कस्टमण्डप भएको छ।

इनेप्लिज २०७४ फागुन २२ गते २:०९ मा प्रकाशित

 

मेरो देसको त्यो रमणीय सहर
बिश्वसम्पदाको त्यो दुर्लभ धरोहर
विशिष्ट कलाकारिताको त्यो सरोबर
आज धुलो र प्रदुषणले ढाकेको छ।
त्यो ईश्वर र मन्दिरै मन्दिरको सहर
त्यो सुन्दर कास्ठ मण्डपको सहर
आज सहि अर्थमा धुलिखेल भएको छ
फोहोर र प्रदुषणको टुडिखेल भएको छ।

त्यो अलकापुरी कान्तिपुरी सुन्दर नगरी
कसैले वास्तै नगरी बनेको छ बिष नगरी
जताततै फैलिएको छ धुलोको कणहरु
रोग र विषाक्तले भरिएकछन यी मनहरु।
बिकाशको नाममा लिलाम हुदैछ सपनाहरु
देसको योजना र बिकासका परियोजनाहरु
मेरो आफ्नै पहिचान जस्तै अन्योलमा छ
सहरका हरेक गल्ली र आधारभूत संरचनाहरु
एउटा मुर्तरुप लिन नपाई धुमलिएको छ
मेरा इच्छा, सपना र चाहनाका पर्खालजस्तै
हरपल एउटा अन्योलतामा रुमालिदै छ
मेरो देस र जनताका सपनाहरु।

पागल शिल्पकारले छुट्टाएको माटोको थुप्रो जस्तै
लावारिस र अवहेलित हुदै फैलिदै छ मेरो सहर
बिकाशको नामबाट बचेका केहि बन जंगलहरु
विनासकारी भूकम्पको नाममा ढलेका मन्दिरहरु
सडक बिस्तार र मेलम्चीको परियोजनाले
विक्षिप्त पारेको मेरो सहरको गल्लीहरु

यदि कुनै कुसल शिल्पकारको हातमा परेको भए
यदि कुनै निपुण योजनाकारको हातमा परको भए
फेरिपनि एउटा औलोकिक कारिगरिको नमुना,
सम्मुनत र दिगो बिकासको आधार बन्थ्यो होला
तर बिडम्बना

अलकापुरी कान्तिपुरी त्यो सुन्दर नगरी
नेतालाई भोट र नोट माग्ने भाडो बनेको बेला
जनतालाई प्रदुषण र दैबी प्रकोपको नाममा
अकालमै मर्न बाध्य बनाएको बेला
त्यो सुन्दर कास्ठमण्डपको सहर
अहिले कस्टमण्डप भएको छ
सायद मन्दिरै मन्दिरको सहरमा
अहिले देवताको बास नभएर होकी ?

प्रतिक्रिया