पोखराको लेकसाइडमा होली

इनेप्लिज २०७४ फागुन १७ गते २२:२२ मा प्रकाशित

पोखरा- रंगहरुको पर्व फागु अर्थात होली आज देशका पहाडी तथा हिमाली जिल्लाहरुमा धुमधामका साथ मनाइँदैछ । पहाडी जिल्लाहरुमा आज र तराईका जिल्लाहरुमा भोली होली मनाउने गरिन्छ ।

मनाउने तरिका फरक फरक रहेका छन् । बसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने होलीलाई सदभाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइन्छ । मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भई एकआपसमा रंग दलेर यो पर्व मनाउने चलन छ । होलीमा लोला हान्ने, पानी छ्पाप्ने र अबिर लगाइदिएर होली खेल्ने क्रम जारी छ । विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा पापी प्रवृत्तिका होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको पौराणिक कथन छ । होलीको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाण्डुको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूणिर्माको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो ।

यता पर्यटकहरुको राजधानी केन्द मानिने पोखराको लेकसाइडमा होलीको रौनक बेग्लै थियो.युवायुवती लेकसाइडको बाटोमा रंग भन्दा हातमा बिएरका बोतल ठडाउदै थिए हेर्नुहोस रमाइलो भिडियो

https://www.youtube.com/watch?time_continue=55&v=wwcIqT8TaUk

प्रतिक्रिया