कस्तो चलचित्र हो हुर्रे? कलाकारहरुले खोले यस्तो वास्तविकता -हेर्नुस् भिडियो

इनेप्लिज २०७४ फागुन ३ गते २३:२६ मा प्रकाशित
फागुन २५ गतेदेखी देशै भर प्रदर्शनको तयारीमा रहेको चलचित्र हुर्रेको टोली प्रचारप्रसारमा निस्किएको छ । चलचित्रको प्रचारप्रसारको लागी देश दौडाहामा निस्किएको टोली पहिलो कार्यक्रमका लागी पोखरा आएको थियो । 
 
चलचित्रमा अनुप बिक्रम शाही, केकी अधिकारी, अंकित बराल, राजाराम पोख्रेल, संजिता नापित आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ ।  दावा शेर्पा, सोनाम लामा र छिरिङ्ग दोर्जेको लगानीमा बनेको सो चलचित्रको निर्देशन याम थापाले गरेका हुन् । 
 
अधिकांश छायाकंन पशुपति मन्दिर क्षेत्रमा गरिएको चलचित्र हास्य बिधामा रहेको चलचित्रकी नायिका केकी अधिकारीले बताईन । चलचित्रको ट्रेलर र गित यस अघि नै सार्वजनिक भएर चर्चा कमाएको हुनाले चलचित्रले राम्रो ब्यापार गर्नेमा टिम ढुक्क रहेको छ । 
 
पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायिका केकी आधिकारि र उपस्थित कलाकारहरुले चलचित्र सम्बन्धि थुप्रै कुरामा बोलेका छन् यो जुन तपाइले तलको भिडियोमा हेर्न सक्नु हुनेछ। 
 
हेर्नुस् भिडियो। 

प्रतिक्रिया