काठमाडाैं । बालबालिकाको बौद्धिक र व्यक्तित्व विकासकोस्तर उकास्न मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा बुधबार टिन स्टार नेपाल, क्वीक लिटल च्याम्स नेपाल, मिनी लिटल च्याम्स नेपाल २०१८ मा समृद्घि श्रेष्ठ टिन स्टार नेपाल २०१८ बनेकी छन् ।
बिभिन्न बिद्यालयका ४५ जना बालबालिकाको सहभागिता रहेको थियो । उमेर समुहको आधारमा १३ देखि १९ बर्ष उमेर समुहको बालबालिकाहरुले टिन स्टार नेपालको लागि प्रतिस्प्रर्धा गरेका थिए । त्यसैगरी फष्ट रनरअप सप्तमी श्रेष्ठ, सेकेन्ड रनरअप सविसा श्रेष्ठ घोषित भए । मोष्ट पपुलर अवार्ड मन्दिप न्यौपानेले जित्न सफल भए ।
क्विक लिटल च्याम्स २०१८ मा ८ देखि १२ बर्ष उमेरका बालबालिकाले प्रतिस्प्रर्धा गरेका थिए । जसमा फुङनाम लिम्बु क्विक लिटल च्याम्स २०१८ बन्न सफल भइन् । फष्ट रनरअप अनुशा गुरुङ,सेकेन्ड रनरअप रिश्ता न्यौपाने र मोष्ट पपुलर अवार्ड जस्मिन कार्की बन्न सफल भएकी छन् ।
मिनी लिटल च्याम्स २०१८ मा ४ देखि ७ बर्ष सम्मका उमेरका बालबालिकाले प्रतिसप्रर्धा गरेका थिए । जसमा अन्जि केसी लिटल च्याम्स २०१८ बन्न सफल भइन् । त्यस्तै फष्ट रनरअप अरोन प्रजापती,सेकेन्ड रनरअप कुबजिका श्रेष्ठ र मोष्ट पपुलर अवार्ड अनन्त धनुका बन्न सफल भएका छन् । कार्यव्रmमलाई जस्मिन गुरुङ र बिपास्ना खनालले करियोग्रफी गरेका हुन् । कार्येक्रम आर्मी अफिर्सस क्लब भद्रकालिमा भएको हो ।
काठमाण्डौ :विगत बर्षदेखि नै बालबालिकाहरुमा भएको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यले मर्निङ् ग्लोरी इन्टरटेनमेन्टले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यस बर्ष पनि मर्निङ् ग्लोरी इन्टरटेनमेन्टले लिटल च्याम्प, टिन स्टार र मिनि लिटल च्याम्पको आयोजना गरेको थियो । यसै साता आर्मी अफिसर्स क्लवमा भएको प्रतियोगितामा संबृद्धि श्रेष्ठ टिन स्टार भइन् । सप्तमी प्रसार्इं फस्ट रनरअप भएकी छन् भने सेकेन्ड रनरअपमा सविशा श्रेष्ठले उपाधि हात पारेकी छन् ।
प्रतियोगितामा मोस्ट पपुलर तर्फ मन्दिप न्यौपानेले अवार्ड हात पारे । लिटिल च्याम्प तर्फको उपाधि फुग्नव लिम्बुले अवार्ड हात पारिन् भने फस्ट रनरअपमा अनुशा गुरुङ, सेकेन्ड रनरअपमा रिस्ता न्यौपानेले अवार्ड हात पारिन् त्यसैगरी उक्त प्रतियोतिामा मोस्ट पपुलर बिद्या तर्फ उत्कृष्ठ बन्न सफल भएकी छन् । यस्तै मिनि लिटिल च्याम्प तर्फ अन्जु केसी विजयी भइन् भने अरुन प्रजापति फस्ट रनरअप तथा कुब्जिका श्रेष्ठले सेकेन्ड रनरअपको अवार्ड हात पारिन् । मिनि लिटल च्याम्प तर्फ अनन्त धनुका मोस्ट पपुलर तर्फ छानिए । उक्त प्रतियोगितामा कोरियोग्राफी जस्मिन गुरुङ्गले गरेकी थिइन् भने सहायक कोरियोग्राफी बिपास्ना क्षेत्री रहेकी थिइन् । आफु शिक्षा क्षेत्रमा आबद्ध भएको कारणले गर्दा पनि बालबालिकाहरुमा भएको कला, क्षमतालाई बाहिर ल्याउनका लागि यस्ता कार्यक्रमहरु हरेक बर्ष आयोजन गर्ने बताउछिन् मर्निङ्ग ग्लोरीकी निर्देशक मोहना क्षेत्री ।
प्रतिक्रिया