काठमाडौं । आजको १३ दिन पछि युवा युवती अझ विशेष गरी प्रेमी जोडीहरुको विेशेष पर्व आउँदैछ भ्यालेन्टाईन डे । पश्चिमा संस्कारबाट भित्रिएको भएता पनि फेब्रुअरी १४ प्रणय दिवसले युवा युवतीहरुको विशेष महत्व राख्ने गर्दछ । प्रेमि पे्रमिकाले यो समयलाई आफ्नो मन साटासाट गर्ने पर्वको रुपमा लिने गरेका छन् । प्रेमी प्रेमिका नभएकाहरुले पनि यो दिनमा मायालु जोडी भटिने आशा बोकेका हुन्छन् । यस्तै मायालुहरुको महत्वपूर्ण पर्व नजिकिदै गई रहेको बेला प्रेमजोडीहरु आ आफ्नो तयारीमा लागेका छन् । यस्तो तयारीमा लागेका जोडी वा जोडी नै नभएकाहरुका लागी पनि गायकबाट नायकको समेत परिचय बनाएको सत्यराज आचार्यले स्वीकृति दिएका छन् । प्रेम गर्न वा अन्य कुनै कुराको लागी भने आचार्यले स्वीकृति दिएका होईनन् । उनको स्वरमा स्वीकृति बोलको गीत सार्वजनिक भएको हो ।
मानिसको मनले ब्यक्त गर्ने भावलाई बुझेर वास्तविकताको समेत नजिक रहेर शब्द कोर्न माहिर गीतकारको परिचय बनाएका सर्जक एच.के. धितालको शब्दमा प्रमोद पन्तले मायालु संगीत गरेका छन् । मैले मेरो माया लेखेर तिम्रै हातमा दिएको छु जलाउ या सजाउ तिम्रै ईच्छा स्वीकृति तिमीलाई दिएको छु यस्ता अत्यन्तै समर्पित शब्दभावहरु गीतमा उनिएका छन् ।
बाँकी आफैं हेर्नुस् यो भिडियोमा :
प्रतिक्रिया