टुडिखेलमा ५० हजार नेपाली उपस्थित गराई भगवान बुद्धको नाममा गिनिज बुकमा रेकर्ड राख्दै गायक धिरज राई [ भिडियो ]

इनेप्लिज २०७४ माघ ३ गते १२:२० मा प्रकाशित

धिरज राई, खासै चिनाईराख्नुपर्ने नाम त होइन नै यो । पप गायनमा नेपालका माईकल ज्याक्सन पनि भनेर चिनिने राई इञ्जिनियर पनि हुन् । साथै उनी अंग्रेजी साहित्यका शिक्षक पनि हुन् । पेशा र कामले सबै क्षेत्रमा आनन्द र मज्जा लिन सक्ने क्षमताका राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान अन्तर्गत टुडिखेलमा ५० हजार नेपाली उपस्थित गराई गिनिज बुकमा रेकर्ड राख्ने भएका छन।

बिगत ८ बर्षदेखी बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै अभियान चलाउदै आएका गायक धिरज राईले यस अभियानमा चर्चित पत्रकार रबी लामिछानेले समेत साथ र सहयोग गर्ने बताएका छन। राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान अन्तर्गत आउदो माघ २७ गते भगवान बुद्धको उपदेशहरु धर्मगुरुद्वारा उच्चारण गराएपछी सहभागीले पुनःउच्चारण गर्दै रेकर्ड तोड्न लागिएको बताएका छन।

सम्पूर्ण नेपाली जो भगवान बुद्धमाथि आस्था गर्नुहुन्छ त्यसमा ५० हजार उपस्थित हुन गाह्रो नहुने गायक राई बताउछन । पिएनपिखबरसँग कुरा गर्दै गायक राईले एकपटक माघ २७ गते भगवान बुद्धको नाममा उपस्थित हुन् सम्पूर्ण नेपालीलाई आग्रह समेत गरे । स्मरण रहोस यसअघि ४७ हजार व्यक्तिको उपस्थितिमा धर्मगुरुले मन्त्र उच्चारण गर्दै गिनिज बुकमा रेकर्ड राखिसकेका छन।

हेर्नुस भिडियो:

प्रतिक्रिया