एनआरएन अमेरिका ह्युस्टन बैठक सम्पन्न

इनेप्लिज २०७४ पुष २५ गते २३:१४ मा प्रकाशित

गैर आवासीय नेपाली राष्ट्रिय समन्वय समिति अमेरिकाको नया कार्यकारी समितिले सपथ ग्रहण लिएको एक सय दिन पुगेको अवसरमा टेक्सस राज्यको ह्युस्टन सहरमा बैठक सम्पन्न गरेको छ l

सो बैठकमा हाल सम्मका उपलब्धिहरुको बारेमा छलफल गर्दै कार्यसूची अनुसार काममा प्रतिबद्ध रहेको जनाउदै उक्त कार्यसूची अन्तिम अवस्थामा पुगेको छापा बिज्ञप्ति द्वारा जनाएको छ l

एनआरएन हेल्प डेस्क स्थापना ,टोल फ्रि नम्बर ,परिचय पत्रको वितरण प्रक्रियामा आ-आफ्ना फाट का पदाधिकारीले जानकारी दिएको उक्त छापा बिज्ञप्तिमा एनआरएन अमेरिकाका संचार संयोजक बाल जोशीले उल्लेख गरेका छन l

साथै अमेरिकामा रहेका नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने प्रक्रिया चलाईएको पनि बताईएको छ l यसै गरि समय अभावका कारण सबै विषयमा छलफल हुन नसकेको उक्त छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ l

अमेरिकामा छाता संगठनको रुपमा गैर आवासीय नेपाली राष्ट्रिय समन्वय समिति अमेरिका लाई हेरिने र विश्व कै सबै भन्दा ठुलो राष्ट्रिय समन्वय समिति भएकोले चासोको बिषय भएकोले सामाजिक संजालमा बैठकमा भएका कमि कमजोरी बाह्य सतहमा नआएका जस्ता कुराहरु सामाजिक संजालमा लेख्ने क्रम जारी छ l

ह्युस्टन बैठकमा भएका छलफलमा उठान गरिएका तर बाह्य नआएका अन्य बिषयमा भएका चर्चा परिचर्चा तथा सत्य तथ्यको बारेमा सबै एनआरएनले जान्न पाउन भन्ने उद्देस्यले ईनेप्लिज बाट प्रत्यक्ष प्रसारण कुराकानी लिएर ईनेप्लिज कि सहयोगी हात सच्ची मैनाली छिट्टै लिएर आउने भएकी छिन् l

प्रतिक्रिया