काठमाडौं । नेपाली साँगीतिक क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरुको आगमन हुने क्रममा अर्की एक प्रतिभाको पनि उदय भएको छ । शब्द, संगीत र स्वर समेत गरी तीन वटै बिधा अंगालेर सानु समर्पित (रिया)ले नेपाली साँगीतिक क्षेत्रमा पाईला अगाडी बढाएकी हुन् ।
सानैदेखि क्रिश्चियन पारिवारिक वातावरणमा हुर्किएकी सानुको जन्मस्थान भने तनहुँ हो । उपत्यकामा आउजाउ गरिरहने ललितपुरको भैंसेपाटी निवासी सानुले पूर्वैको चम्किलो ताराले बोलको गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतमा शब्द, संगीत तथा स्वर उनकै रहेको छ । पुरुषोत्तम न्यौपानेको एरेञ्ज रहेको गीतको भिडियो जिवन श्रेष्ठले खिचेका छन् भने सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।
https://www.youtube.com/watch?time_continue=1&v=0sBYBZuNloI
प्रतिक्रिया