शान्ति श्री र मनोजको “ मुटु मै नाम लेखी सके ” भिडियो सहित रोशन पोखरेल , विराटनगर
इनेप्लिज
२०७४ पुष १४ गते २२:१५ मा प्रकाशित
मुना मदन म्युजिक प्रालीको प्रस्तुतिमा मनोज धतानी वितालु र धिरेन्द्र नेपालीको सुमधुर आवाजमा नेपाली लोकदोहोरी क्षेत्रको सर्वोकृष्ठ “ मुटु मै नाम लेखी सके ”े अहिले डिजिटल बजारमा उपलब्ध भएको छ । गायक मनोज धतानी र गायिका शान्ति श्री परियारको मनको ब्यथालाई शब्द चित्रको माध्यमबाट प्रेम रावत र धिरेन्द्र नेपालीको सिर्जनशिल शब्द सिर्जना रहेको छ । कसैको माया प्रति आफनो जिवन समपर्ण गर्नुपर्दाका अवस्था र आफनी प्रेमीले आफुलाई छोडदाको अवस्थालाई गित मार्फत ब्यक्त गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , अविनास डिसीको सम्पादन रहेको भिडियोमा बुद्धविर थापा र सारिका केसीको अभिनय रहेको छ । “ मुटु मै नाम लेखी सके ”को भिडियोलाई बविता श्रे्ष्ठले सम्पादन गरेकी हुन ।
“ मुटु मै नाम लेखी सके ” को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
प्रतिक्रिया