भिमफेदीले एलिशालाई ‘यसपाली बिहे गर्ने’ भनेको भिडियो ट्रेण्डिङमा पर्यो

इनेप्लिज २०७४ पुष ५ गते ११:४० मा प्रकाशित

‘यसपाली त बिहे गर्ने हो’ बोलको गीत सार्बजनिक भए पश्चात् आफुलाई ‘फेसबुकमा धेरैले गीत तथा भिडियो राम्रो बनेको प्रतिक्रिया दिदै प्रगतिको सुभकामना दिएको’ बताए । उक्त गीत डिसेम्बर १६ अर्थात पौष १ गते सार्बजनिक गरिएको थियो । सार्बजनिकको ५ दिनसम्म आईपुग्दा र हामिले यो समाचार तयार पार्दा सम्म भिडियोलाई ३ लाख पटक भन्दा बढी पटक हेरिसकिएको छ भने युट्युब नेपाल ट्रेन्डिङको २६ औं स्थानमा आएको छ । हेर्नुस् भिडियो ।

सार्बजनिक भिडियोमा अहिलेका चर्चित मोडल एलिशा राई र भिमफेदी गाईजको नृत्य तथा अभिनय रहेको छ । राजबंशि गायन पछि नेपाली सुगम गायनमा स्थापित हुने सुरमा रहेका बलबहादुरको लागि यो भिडियोले सफलताको संकेत दिएको छ । डा. राजुबाबु श्रेष्ठको शब्द तथा चर्चित संगीतकार हरि लम्सालले गीतमा संगीत भरेका छन् । उदयराज पौडेलले एरेन्ज गरेको गीतको भिडियोलाई भिमफेदि गाईजका निर्मल लामाले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माले खिचेका छन् । गायककै नामबाट खोलिएको युट्युब च्यानलबाट सार्बजनिक भिडियोलाई द मोण्टाजका पवन सुस्लिङले सम्पादन गरेका छन् ।
हेर्नुस् गायक बलबहादुर संग गरिएको रोचक कुराकानी ।

https://www.youtube.com/watch?v=69nXXy_Melg

प्रतिक्रिया