यसरि उदाए मुसहर बस्तीमा रवि, यस्तो बन्दैछ बाडी पीडितका लागि घरहरु।

इनेप्लिज २०७४ पुष ४ गते ११:५१ मा प्रकाशित

काठमाडौं । हरेक वर्ष सानोतिनो बाढीबाट समेत डुवानमा पर्ने सप्तरी हनुमानगर स्थित तिलाठी कोइलाडीमा रहेको मुशाहर बस्तीको अब मुहार फेरिने भएको छ। बस्तीका करीब ७७ परिवारको लागि न्युज २४ टेलीभिजनले डुवान,भूकम्प,हावाहुरीबाट बच्न सक्ने घरहरु निमार्ण सुर गरेपछि यो बस्ती अब सुविधा सम्पन्न भएको हो ।

२०७४ साउन २८ गते तराईका विभिन्न जिल्लासँगै महाकाली नदीमा आएको बाढीबाट कोइलाडीका ७७ परीवार घरबारविहीन बने । यस लगत्तै न्युज २४ टेलीभिजनको टिम सप्तरीनै पुगेर कार्यक्रम सिधा कुरा जनतासँग यहि बस्तीबाट सञ्चालन गरेको थियो । निकै न्युन आर्थिक स्थिति भएका मुसहरहरुका झुपडीहरु पानीमा डुबेका थिए । बस्ने घर,खाने अन्नपात,लाउने लत्ता कपडा सबै डुबे पछि राहतको भरमा सडकपेटीमा कष्टकर जीवन विताइरहेका मुसहरको अवस्था देखाएका थियौँ ।

बाँकी यो भिडीयोमा हेर्नुहोस्:

https://www.youtube.com/watch?time_continue=3&v=ok2i9A3IBp4

प्रतिक्रिया