मिलाएर बुझनु होला ….
इनेप्लिज
२०७४ मंसिर १२ गते ११:२४ मा प्रकाशित
आफू ठूलो बन्न कुनै छात्ता मुनि पस्नै पर्ने
मलाई चिनून् भन्न खोज्दा ज्यू हजुरी गर्नै पर्ने ,
धुपौरेले शनै -शनै ढ्यांग्रो ठोक्न पाउने गर्छ
झोले बन्दा उँभो लाग्ने ,कि पाउ मोली गर्नै पर्ने
उल्ले उल्लाई तिन्ले तिन्लाई खादा भीराई ताली पिटे
सिण्डिगेट्को कुरा होईन ,मध्यस्थता गर्नै पर्ने
टोलै भरी, विधै पिच्छे ‘झुल्क्यो कि त वरीष्ठ छन्
भूपी , भानु , लक्ष्मीलाई के पो भन्नु सोंच्नै पर्ने
हिजो आज ‘रिपोर्टर’ ले दर्शकदीर्घा देखाउन्नन्
अतिथिको भीडम्भीड्ले भर्या मन्च हेर्नै पर्ने
– तुंगनाथ
दुबई
प्रतिक्रिया