बालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघ को बालअधिकार महासन्धी लाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ ।
सम्पूर्ण देश अनि समुदाय लाई बालबालिका मैत्री बातावरण र कानुन तर्जुमा गर्न समेत यस महासन्धीले उत्प्रेरणा दिएको छ ।
बाल दिवसलाई विभिन्न देशमा भिन्दा भिन्दै मिती मा मनाउदै आएको भए ता पनी अन्तराष्ट्रिय रुपमा भने प्रत्येक बर्षको नोभेम्बर २० तारीकमा मनाइन्छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा बिश्व भरीका बालबालीकाहरुको आधारभुत आवश्यक्ता हरु पुर गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरीएको हो । जसमा बालबालीकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।
बालबालिकाहरु लाई मन नपराउने मान्छे सायदै होलान । उनिहरुको निर्दोशपन , उनिहरुको मुस्कान , अनी उनीहरुको त्यो तोते बोलीमा फिदा नहुने मन्छे पनी सायदै होलान । कस्लाई बालबालिका सँग खेल्ने रहर नहोला र ? कस्लाई उनिहरु सँग रमाउने रहर नहोला र ? बालबालिकाहरु भोलीको देशका भविष्य हुन । भोली बिश्व मै ठुला ठुला परिवर्तन ठुला ठुला आविष्कार गरी संसारलाई रुपान्तरण गर्न सक्ने क्षमता भएका आजका अवोध प्राणी हुन । उनिहरु को हिफाजत गरी उनीहरु को शारीरीक, मानसिक, सामाजिक र शैक्षिक बिकाशका लागी बिश्व भरीका देशहरु र प्रत्येक देशका प्रत्येक नागरीक हरुले आ आफ्नो तर्फबाट आ आफ्नो सहयोग पुर्यानु अपरीहार्य छ ।
अन्तराष्ट्रि बाल दिवसको मुख्य उदेश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिसां र दुब्यबहारहरु को निराकरण गरी उनिहरुको व्यक्तीत्वको बिकाश नरोक्किने खालको सहज परीस्थितीको जगेडा गर्नु हो । संसारको जुनसुकै समुदाय वा जुनसुकै ठाऊँ होस् चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामिले खाजा खाने होटल, चााहे हामी चढ्ने सार्वजनीक सवारी साधन होस् या त कुनै अपराधिक गतिबिधी नै या त कसैको घर भित्र नै ति प्रत्येक ठाऊँहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालीका हरुको दुरुपयोग गरी उनिहरुमाथी हिसां र दुर्ववहार भई राखेको नै हुन्छ । कतै हामीले प्रत्यक्ष रुपमा देखेका हुन्छौ भने कतै हामीले देखि देखि पनि बिचार पुर्याइ राखेको हुँदैनौम ।
बाल अधिकार अन्तरगत बाच्न पाउने अधिकार, खान पाउने अधिकाार, स्वच्छ पानी पिउन पाउने अधिकार, शिक्षाको लगी अधिकार, स्वस्थ्यको लागी अधिकार, सुरक्षा र स्वतंत्रताको अधिकार, पहिचानको लागी अधिकार र खेल्न पाउने अधिकाार लगायतका अधिकार हरु पर्दछन । तर पनि कैयन बालबालिकाहरु को सामान्य रोगकै कारण बिवस भई अकालमै मृत्यु भईराखेको छ , कैयन बालबालिकाहरु शिक्षा बाट अझै पनी बञ्चित छन, खाना खान नपाएर कैयन बालबालीकाहरु कुपोषणको शिकार भईराखेका नै छन, द्धन्दको चपेटामा परेर कैयन बालबालीकाहरु शान्त बातावरणका लागी छटपटाई राखेका छन र यस्ता अन्य थुप्रै समस्याहरुबाट ती निर्दोश बालबालिकाहरु अनायासै जेलिएका छन ।
सोमबार अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइयो।
यसै क्रममा ललितपुरको पुल्चोकमा विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले बालअधिकारबारे सार्वजनिक सवारीसाधनमा काम गर्ने नाबालक सहचालकहरुलाई पनि जानकारी गराए। तर ललितपुरको लगनखेलबाट उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधनका सहचालकले भने आश्चर्य जनक प्रतिक्रिओया दिएका छन्।
हेर्नुस् भिडियो।
https://www.youtube.com/watch?v=x_40iQroQN8
प्रतिक्रिया