हिन्दु संस्कृति र नेपाली परम्परालाई कायम राख्न यस गुरुकुलमले महत्वपूर्ण भूमिका खेल्ने भएकोले एनआरएनए ले यस गुरुकुलम सञ्चालन गर्न एक परियोजना मार्फत सक्दो सहयोग गर्नु पर्ने देखिन्छ । यसकारण महिला संयोजक इन्दिरा त्रिपाठीले शिक्षा मन्त्रालयको पूर्व सहसचिव लव प्रसाद त्रिपाठी, नेपालका प्रशिद्धविद्वान डा. चिन्ता मणि योगी र स्थानीय काभ्रेका अनुभवी मिन प्रसाद मैनाली रहेको ३ जनाको सल्लाहाकार समिति गठन गरी विद्यालय स्वीकृत गराउन, एनआरएनए युएसए का महिला संयोजक र विद्यालय वीच समन्वय गराउन तथा आवश्यक अन्य कार्य गर्न समेत स्वयम् सल्लाहकार समिति गठन भएको छ ।
उक्त विद्यालय ६–१२ कक्षा सञ्चालन हुने हुँदा ७ वर्षसम्म एनआरएनए ले पुँजिगत खर्च करिव ३,५०,००,०००। (तीन करोड पचास लाख र वार्षिक खर्च ३,००,००,०००।– (तीन करोड) (७ वर्षासम्म) खर्च जुटाई सहयोग गनुपर्ने नीज संयोजक इन्दिरा त्रिपाठीको सिफारिस रहेको छ ।
गत ६ अक्टोवर ,सुनकोसी, गाउँपालिका वडा नं. १ को दुम्जामा अवस्थित कुशेश्वर महादेव ६४ लिङ्ग मध्येको एक लिङ्ग हुन । हिमवत पुराण अनुसार यी महादेवको उत्पति परापूर्वकालदेखिको हो । वासिष्ठ ऋषिको त्यस भूमि रहेको यो महादेजको मन्दिर भारतको विश्वनाथ मन्दिर भन्दा ११ दिनले जेठो रहेको र यी महादेवको दर्शन गरेर तीर्थयात्रा गर्ने परम्परा रहेको छ । यिनको स्वच्छ हृदयले दर्शन गर्नाले मनोइच्छा पुग्छ भन्ने मान्यता र जनविश्वास रहेको छ ।
यो मन्दिर काठमाडौंबाट करीव ४५ किमि बनेपा वर्दिवास राजमार्गको साइड र सुनको तथा रोसिको दोभान त्रिवेणीमा रहेको छ । यो स्थान काभ्रे, रामेछाप र सिन्धुलि जिल्लाको संगम पनि हो । हिमाल, मध्यपहाड, तराई र काठमाडौंको सडकले जोडिएको अति शान्त र सुन्दर स्थान छ । यो मन्दिर २०७२ को भूकम्पबाट भत्केकोले हाल निर्माण हुने क्रममा रहेको छ । यस स्थानमा पाटीपौवा रहेको र दैनिक करिव १००० देखि १५०० धार्मिक व्यक्तिहरुबाट दर्शन हुन्छ । यसै ठाउँको पार्टीहरुको प्रयोग गरी ‘आदिलिङ्ग, कुशेश्वर वैदिक गुरकुलम्” नामक गुरुकुल विद्यालय शिक्षा (संस्कृत शिक्षा) कक्षा ६ बाट गत एक वर्षदेखि सञ्चालन भइ रहेको छ l
उक्त महादेवको दर्शन गर्ने सिलसिलामा एनआरएनए एनसीसी युएसए की महिला संयोजक इन्दिरा त्रिपाठीले उक्त गुरुकुलमको निरीक्षण गरी सो विद्यालयको अध्ययनरत ३० जना वटुक र योगानन्द गुरु सहित अन्य ४ जना गुरुसँग छलफल गर्नु भएको थियो । यो स्थानदेखि नजिकमा रहेको सिन्धुली काभ्रे, रामेछाप तथा ओखलढुङ्गासम्म गुरुकुल (संस्कृत) शिक्षा प्रदान गर्ने विद्यालय नभएकोले र मध्य पहाडी र हिमाली भेगमा पुरोहित, ज्योतिष, पण्डित र कर्मकाण्ड चलाउने व्यक्तिहरुको अति धेरै माग रहेकोले यस गुरुकूलमको महत्व ज्यादै रहेको रहेछ ।
सो गुरुकुल विद्यालयमा ७ जनाको विद्यालय व्यवस्थापन समिति र २ जना सल्लाहकार समितिको गठन भएर स्वीकृतीको प्रकृयामा रहेको छ । उक्त वटुक ३० जनालाई खान, वस्न, अध्ययन खर्च र लत्ता कपडा निःशुल्क रुपमा अध्ययन गराएको पाइयो । ४ जना शिक्षकको तलव सहित सम्पूर्ण खर्च हाल व्यक्तिहरुको दान मन्दिरको भेटीबाट सञ्चालन वा न्यूनतम रुपमा खर्च गरी सञ्चालन भएको रहेछ ।
प्रतिक्रिया