गरिब र रोगी भएकै कारण एक महिलाले आफ्नै गाउँबाट बिस्थापित हुनु परेको छ । सिन्धुली जिल्लाको पिपलमाडी स्थाई घर भएकी अन्जना राईलाई छारे रोग लागेको कारण नै गाउँसमाज र आफन्तले तिरस्कार गरेर गाउँनिकाला गरेको हो। २१ औ शताब्दीको हाम्रो समाजमा पनि यस्तो घटना भयो भनेर सायदै कमले मात्र बिश्वाश गर्लान तर यो वास्तविकता हो । वास्तविकतासँगै यस घटनाले २१ औ शताब्दीको हाम्रो समाज कुन स्तरको रहेछ छर्लङ्ग पारेको छ।
सानै बेलादेखि १४ बर्षको उमेरमा नै छारे रोगबाट ग्रसित उनको ५ बर्षको छोरा पनि छ । पिएनपिखबरसँग कुरा गर्दै उनले घरको सबै सदस्यले रोगी भनेर ५/६ सय दिएर घरबाट निकालेको बताउदै उनले गाउँका मानिसले यस्ता रोगी मानिसलाई हेर्न पनि हुदैन भन्ने गरेको तितो यथार्थ सम्झीइन। ‘पागल्नी/मृगिनी’ भनेर गाउँलेले जिस्काउँदा आफ्नो मुटुमा बिझ्ने गरेको पललाई सम्झदै उनले हाँसीखुशी भएर काम गर्न पनि नपाउदा जिउदै मरेतुल्य हुनु परेको भन्दै आँशुका ढिक्का खसालिन।
थप हेर्नुहोस भिडियोमा
प्रतिक्रिया