एउटा अचम्मको परम्परा जो अझै जीवित छ -हेर्नुस् भिडियो सहित

इनेप्लिज २०७४ कार्तिक २२ गते २०:०० मा प्रकाशित

नेपालको पश्चिमाञ्चल क्षेत्र, गण्डकी अञ्चल, स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं॰ ८ अन्तर्गत पर्ने यौटा सुन्दर गाउ हो पखेरे । ५५ भन्दा बढि घरधुरी भएको यस गाउँ, अति नै सरल एवम् सत्यनिष्ठा गुरुङ र मगर जातिको बसोबास रहेको छ। गुरुङमा चम्ह्रू, ल्हेगें, च्हाक्ली, लम, प्हच्यु, घ्ल्यप्रीं, मैनं लगाएतका थुप्रै थरहरु छन्। छिमेकी गाउँहरू- ओकादि, रिप, ठुलिभंज्याङ्, चिलाउनेखर्क, मोहनडाडा, शालिकोष, स्वरेक, मैदान, बडहरे आदि छन्। यहाँका मानिसहरुको मुख्य पेशा कृषि  तथा पशुपालन  हो।

खानेपानी, विधुत, दूरसन्चार तथा यातायातको सुबिधा यूक्त यस गाउको मुख्य आकर्षण भन्नु यहाँका हरियाली वातावरण, वरपरको मनोरम दृश्य, मोति झैँ टल्कि रहने माछापुछ्रे, धौलागीरी, अन्नपुर्ण लगाएतका हिम शृङ्खला एवं स्पष्ट देख्न सकिने स्याङ्जा जिल्ला कै पहिलो पर्यटकीय स्थान दरौँ शिरुबारी र यहाँका विभिन्न धार्मिक स्थल मठमन्दिरका साथै पतला देवी मन्दिरको चरणमा रहेको बिशाल शिव गुफा हो।
प्रकृतिले जसरि यस गाउँलाई सुन्दर बनाएको छ, त्यसरी नै यहाँका भाषा, धर्म र विवित मौलिक  सास्कृतिक परम्पराले यस गाउँलाई अझ सुन्दर बनाइ दिएको छ। यहाँका बासिन्दा आफ्नो मौलिक सस्कृतिको जगेर्ना गर्न सदैब लागि पर्ने गर्छन।
खासी गरि तमुहरुको महान पर्व ल्होसार तथा नेपालीहरुको महान पर्व दशैं र तिहार जस्ता ठुला पर्वहरुमा आफ्ना पहिचान झल्काउने खालका कार्यक्रमहरुको आयोजना गर्ने गर्छन।
साथै यहाँका विभिन्न समुहहरु आमा समूह, बा समूह, बाल क्लब एवं युवा क्लबको संयुक्त आयोजनामा २ बर्ष भन्दा बढि बिदेस बसेर आएकालाई परम्परागत सस्कृति झल्काउने खालका नाचगान सहित  दण्ड जरिवाना लगाउने चलन छ।
सोहि अनुरुप बिदेस बसेर आएको व्यक्तिले गच्छे अनुसार दान दिनु पर्ने हुन्छ।
त्यो रकमलाई गाउँमा स्थापना भएका विभिन्न समुहले कोषमा जम्मा गर्नेछ र आवश्यकता अनुरुप गाउँको सर्वाङ्गिक विकासको निम्ति प्रयोग  गर्ने गर्दछ।
यसै सन्धर्भमा लिइएको यो रमाइलो भिडीयो हेर्नुहोस्। 

प्रतिक्रिया