म नेपालमा मर्न चाहन्छु: Alex Gargilis, नेपाली स्थायी बासिन्दाको अन्तिम इच्छा

इनेप्लिज २०७४ कार्तिक २० गते ९:५० मा प्रकाशित

नेपालमा जन्मेर विदेश बसेर गैरआवासीय नेपाली भएका हामी नेपाली ५० लाख भन्दा धेरै भएका छौं। तर अमेरिका, बेलायत र योरोप लगायतबाट नेपाल गएर बस्ने अनि नेपालको स्थायी बासिन्दा लिने मध्य थोरै मात्र हुनुहुन्छ। ती मध्य Alex Gargilis (एलेक्स गार्गिलिज) एकजना हुनुहुन्छ। मेरो जीवनको अन्तिम घडि आयो त्यो घडी नेपालमा बिताउन चाहन्छु भन्दै हुनुहुन्छ Alex Gargilis।

मलाई याद छ, लगभग दुइ दशक पहिला सेन्ट जेभियर्सका फादर वाट्रिनले आफ्नो अन्तिम इच्छा आफ्नो लास जलाउनु भन्नु भएको थियो। व्यक्तिगत र कामको लामो संबंधले गर्दा फादरको अन्तिम संस्कारमा यो लेख्दै गर्ने व्यक्ति पनि सहभागी भएको थियो। फादर वाट्रिन आफ्नो सेवा, आवास, काम, मन र हृदयले नेपाली हुनुहुन्थ्यो।

Alex Gargilis आफु बिश्वको नागरिक हो भन्न रुचाउने मान्छे। उहाँलाई नेपालका ललितकला क्याम्पस, गुरुकुल लगायत कला क्षेत्रकाले राम्रोसँग चिन्दछन। कला र साहित्यका अभि सुवेदी, सुनिल पोख्रेल लगायत धेरैको नाम लिनुहुन्छ उहाँले। Alex Gargilis ले तीन दर्जन भन्दा धेरै वर्ष नेपालमा बिताउनु भयो। ललितकला क्याम्पसमा पढाउनुभयो, यूवाहरु, साहित्य र अन्य थुप्रै काममा सहभागी हुनुभयो। नेपाल आउने जाने क्रमसँगै गत दुइदशक देखि Alex Gargilis न्यूयोर्कमा बिष्णुमान प्रधानसंगै बस्दै आउनु भएको छ र लामो समय देखि अस्पतालमा हुनुहुन्छ।

९० बर्षीय Alex Gargilis एक शिक्षक, साहित्यकार, लेखक, नृत्यकार, विश्व ट्राभलर, दर्जन भन्दा धेरै भाषा बोल्ने बहुभाषी लगायतको क्षमता का हुनुहुन्थ्यो। Alex लाइ अब अन्तिम घडीका लागि हसपिस पठाउने निर्णय डाक्टरहरुको छ। तत्काल न्यूयोर्कको Elmhurst Hospital Room # B 3-02 मा रहनुभएका Alex एक लेखक पनि हुनुहुन्छ। The World is My Nation उहाँको चर्चीत् किताब हो।

https://www.pilgrimsonlineshop.com/73-the-world-is-my-nation-memoirs-of-an-extraordinary-lifetime-odyssey.html

यो किताबमा पनि Alex ले नेपालबारे राम्रो बर्णन गर्नुभएको छ। धेरै कारणसहित आफुलाई सबै भन्दा मनपर्ने देश नेपाल भन्नुभएको छ। उसो त Alex ले बिश्वोको धेरै देश भ्रमण गर्नुभएको हो। त्यो क्रममा आफ़ुलाइ नेपाल र नेपाली मन परेकाले नेपालमा ३० औं वर्ष बसेर नेपाली स्थायी बासिन्दा पनि ग्रहण गर्नुभएको छ।

Alex को इच्छा नेपालको धर्तिमा अन्तिम क्षण बिताउने छ। अब अमेरिका स्थित नेपाली दुतावास, नेपालीहरुका संस्था र स्वयं नेपाल सरकारले या निकायले एउटा मात्र सदसता देखायो भने Alex को अन्तिम इच्छा पुरा गर्न सकिन्छ, Alex प्रति सम्मान हुनसक्छ।

प्रतिक्रिया