मंगसिर २ गते बिन्ध्यबासिनी संगीत साँझ सम्पन्न’ त्यसै दिन १ बरिष्ट गायक र ९ पत्रकार सम्मानित हुँदै

इनेप्लिज २०७४ कार्तिक १९ गते ७:५० मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्ष जस्तै यस बर्ष पनि नेपालका ख्याती प्राप्त कलाकारहरुको पनि ब्यजोड प्रस्तुतिको साथमा विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी मंगसिर २ गते सनिबार राजधानीको जमल स्थित राष्ट्रिय नाच घरमा भव्य समारोहका बिच हुने कार्यक्रममा यस वर्ष एक अग्रज संगीतकर्मी स्रष्टालाई सम्मान तथा ९ जना पत्रकारलाई कला पत्रकारिता २०७४ द्वारा सम्मान प्रदान गरिने भएको छ ।

फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीका अनुसार’ यस वर्षको “बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७४ बाट बरिष्ट गायक दिप श्रेष्ठलाई सम्मानित गरिने भएको छ । अग्रज आदरणीय श्रष्ठा श्रीमान दिप श्रेष्ठज्यूलाई नगद रु ५० हजार रुपियाँ सहित बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७४ बाट सम्मान अर्पण गरिने अध्यक्ष रेग्मीले जानकारी गराएकि छिन् ।

सोही अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि गीत-संगीत-कला-साहित्य र चलचित्र संग सम्बन्धित नौ जना पत्रकारज्यूहरूलाई “बिन्ध्यवासीनि कला पत्रकारिता पुरस्कार २०७४ द्वारा सम्मान गरिने फाउण्डेसनका सदस्य सुवास रेग्मीले जानकारी गराएका छन् । यस वर्ष नगद सहित पत्रकारहरु अमरधोज लामा, अनुपा श्रेष्ठ, बिष्णु प्रसाद गौतम, धुर्ब लम्साल , जिबन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ, बिजय नेपाल र रिता लिम्बुलाई विन्ध्यवासिनी संगीत पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । साथै बिन्ध्यवासिनि फाउन्डेसनका नयाँ आजिवन सदस्यज्यू हरूलाई सम्मान पनि उक्त कार्यक्रमको बीच गरिने जानकारी प्राप्त भएको छ ।

यसगरी आगामी पौष १५ गते सनिबार राजधानीको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने मुक्तिनाथ बिकाश बैंक द्वारा प्रायोजित आठौँ संस्करण विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ को कुल ३२ विधाको मनोनयनमा पर्ने संगीतकर्मीहरुलाई प्रमाणपत्र समेत सोहि कार्यक्रममा प्रदान गरिने भएको छ । जहाँ बिन्ध्यबासीनी म्यूजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७४ , “बिन्ध्यवासीनी संगीत रत्न सम्मान २०७४,”बिन्ध्यबासीनी संगीत कला पत्रकारिता सम्मान २०७४” र “बिन्ध्यवासीनि चलचित्र सम्मान २०७४” समेत प्रदान गरिने छ ।

प्रतिक्रिया